News Category 2074/03/06
दुर्घटनामा एक विद्यार्थीको मृत्यु, १३ जना घाईते
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
राजबिराज रुपनी सडक खण्डस्थित औद्योगिक क्षेत्र मलेठ सडक खण्डमा को .१ ख ४२२५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सोमबार दुर्घटना हुँदा बसमा सवार १३ जना यात्रुहरु घाईते भएका छन ।
सो दुर्घटनामा सप्तरीको नेगडा ३ बस्ने ३५ वर्षीय फुलकुमार यादब लगायत १३ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुलाई उपचार हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता ठक्कर दिने बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी कार्य तिव्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।
यसैबिच पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बाग्मती नगरपालिका १ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
ज.८ प ६४२७ नम्बरको मोटरसाइकलले हरिवन नगरपालिकाबस् ि९ बस्ने २० वर्षीय यमध्वजले चलाएको साइकललाई सोमबार ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका ६ बस्ने १७ वर्षीय जयनिल महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सन्तोषकुमार महतो र साईकल चालक घाइते भएकोले नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । यसैबिच उनीहरु कक्षा ११ को परीक्षा दिई घर फर्कने क्रममा सो दुर्घटना भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ