News Category 2074/03/09
विद्यालयमा दोश्रो पटक तालावन्दी, दुई महिलासहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सप्तरी जिल्लाको साविक पकरी गाविस हाल महादेवा गाउँपालिकास्थित श्री नरवहादुर थापा जनता माविका प्रधानाध्यापक माथि स्थानीयहरुले दुव्र्यव्यबाहर गर्नुका साथै प्रअ कार्यकक्षमा तालावन्दी गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरीले ब्यवस्थापन समितिको मिलेमतोमा छात्रवृत्ति वितरण, पाठ्यपुस्तक खरिद, भवन निर्माण लगायतका शिर्षकमा आर्थिक अनियमितता गरेको भन्दै स्थानीयले दोश्रो पटक तालावन्दी गरेका हुन ।
यसअघि गत वैशाख १४ गतेपनि स्थानीयले आर्थिक अनियमितताको छानविन हुनुपर्ने माग गर्दै प्रअ चौधरीको कार्यकक्षमा तालावन्दी गरेका थिए भने प्रहरीको सहयोगमा दुई दिनपछि उक्त ताला खुलाईएको थियो ।
यता प्रहरीले तालावन्दी गर्ने तथा प्रअ चौधरीमाथि दुब्र्यवहार गरेको आरोपमा स्थानीयवासी राखी यादव, निशा यादव र हरीनारायण यादवलाई पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
आर्थिक अनियमितता हुनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय तथा अख्तियार समेतमा उजुरी दिदा पनि कुनै सुनुवाई नभएपछि वाध्य भएर पुनः दोश्रो पटक तालावन्दी गरिएको स्थानीय विनोद यादवले वताउनुभयो ।
तालावन्दी गर्न पुगेको समुहले प्रअ चौधरीमाथि दुब्र्यवहार गर्नुका साथै कालोमोसो दल्ने प्रयास समेत गरेका थिए । तर, प्रहरीले हस्तक्षेप गरेपछि सो प्रयास विफल भएको थियो । आक्रोसित स्थानीयले आर्थिक अनियमितताको छानविन नभएसम्म तालावन्दि र प्रअ विरुद्धको कार्यक्रम जारी राख्ने वताएका छन् ।
यसैविच प्रअको कार्यकक्षमा लगाईएको ताल्चा विहिवार ब्यवस्थापन समितिका केहि पदाधिकारीले फुटाई दिएका छन् । उनीहरुले प्रअ चौधरीलाई हटाउन एक पक्ष सुनियोजित ढंगले अनर्गल प्रचारमा लागेको र पटक पटक सोहि विषयमा तालावन्दी गरेर विद्यालयको पठनपाठन प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ