News Category 2074/03/10
इटा भट्टामा कार्यरत ४५ भारतीय मजदुरको प्रहरीद्वारा उद्दार
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ साविकको पथरगाडा गाविसस्थित वि.डि.आर. ईटा भट्टामा कार्यरत ४५ जना मजदुरहरुलाई प्रहरीले उद्दार गरेको छ ।
भारत नावदा जिल्लाका मजदुर ठेकेदार बिनोद रामले गत वर्ष कोलकत्ता चिमनी भट्टामा काम लगाई दिन्छु भनेर झुटो आश्वासन दिई सबै मजदुरहरुलाई त्यहा नपु¥याएर नेपाल ल्याएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतको कोलकत्ताबाट ती मजदुरहरुलाई ल्याएर रामले वि.डि.आर इटा भट्टाका मालिकसँग मजदुरको नाममा ४० देखी ४५ लाख रुपैया उठाएर लगेको जनाएको छ ।
यता प्रहरीले भट्टा मालिकले ठेकेदार बिनोद राम नआउन्जेल सम्म काम गर्नु पर्ने भनि अन्यौलमा पारी राखेको भन्ने उजुरीका आधारमा सुरक्षा वेश क्याम्प पथरगाडाबाट प्रहरी टोली समेतको सहयोगमा सो ईटा भट्टामा रहेका ४५ जना भारतीय मजदुरहरुलाई उद्दार गरेको जनाएको छ ।
यसैबीच उद्दार गरिएका मजदुरहरुलाई श्रम अधिकक्ष कार्यालय सुपौल भारत पठाउने कार्य समेत भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भारतीय नागरिकहरु बिजुली माझी, १५ बर्षीया बालिका सुगमनमा कुमारी, बिजुलीका ९ बर्षीय छोरा पवन माझी, कान्तिदेवी, कुन्दन कुमारसहितका ४५ जना मजदूरहरु यहाँ काम गर्न आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ