News Category 2074/03/10
इटा भट्टामा कार्यरत ४५ भारतीय मजदुरको प्रहरीद्वारा उद्दार
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ साविकको पथरगाडा गाविसस्थित वि.डि.आर. ईटा भट्टामा कार्यरत ४५ जना मजदुरहरुलाई प्रहरीले उद्दार गरेको छ ।
भारत नावदा जिल्लाका मजदुर ठेकेदार बिनोद रामले गत वर्ष कोलकत्ता चिमनी भट्टामा काम लगाई दिन्छु भनेर झुटो आश्वासन दिई सबै मजदुरहरुलाई त्यहा नपु¥याएर नेपाल ल्याएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतको कोलकत्ताबाट ती मजदुरहरुलाई ल्याएर रामले वि.डि.आर इटा भट्टाका मालिकसँग मजदुरको नाममा ४० देखी ४५ लाख रुपैया उठाएर लगेको जनाएको छ ।
यता प्रहरीले भट्टा मालिकले ठेकेदार बिनोद राम नआउन्जेल सम्म काम गर्नु पर्ने भनि अन्यौलमा पारी राखेको भन्ने उजुरीका आधारमा सुरक्षा वेश क्याम्प पथरगाडाबाट प्रहरी टोली समेतको सहयोगमा सो ईटा भट्टामा रहेका ४५ जना भारतीय मजदुरहरुलाई उद्दार गरेको जनाएको छ ।
यसैबीच उद्दार गरिएका मजदुरहरुलाई श्रम अधिकक्ष कार्यालय सुपौल भारत पठाउने कार्य समेत भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भारतीय नागरिकहरु बिजुली माझी, १५ बर्षीया बालिका सुगमनमा कुमारी, बिजुलीका ९ बर्षीय छोरा पवन माझी, कान्तिदेवी, कुन्दन कुमारसहितका ४५ जना मजदूरहरु यहाँ काम गर्न आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ