News Category 2074/03/11
सरकारले नै निर्वाचनमा सहभागि नगराउने षडयन्त्र गरिरहेको छ ः राजपा नेताहरु, एमाले परित्याग गरि मलेठका “लाली” राजपामा प्रवेश
राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले आफूहरु निर्वाचनको बिरोधी नरहेको भन्दै सरकारले नै राजपालाई निर्वाचनमा सहभागि नगराउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
शनिबार सप्तरीको मलेठमा आयोजित बृहत पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै राजपाका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले ठूला तीन दलले राजपालाई निर्वाचनमा सहभागि नगराउने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।
नेता महतोले राजपा निर्वाचनमा सहभागि भए मधेशमा अन्य दलहरुको पत्ता साफ हुने भन्दै ठूला दलहरुले राजपालाई निर्वाचनबाट टाढा राख्ने षडयन्त्र गरिरहेको बताउनुभयो ।
उहाँले अन्तरिम संविधान उल्लेख भए बमोजिमको अधिकार समेत नयाँ संविधानमा उल्लेख नभएपछि बाध्य भएर मधेशीको अधिकार लागि आन्दोलन गर्नुपरेको जिकिर गर्नुभयो । उहाँले आफूहरुको माँग पुरा भए आजको भोली नै निर्वाचनमा सहभागि हुने उल्लेख गर्नुभयो ।
त्यस्तै राजपाका अर्का नेता महेन्द्र राय यादवले सरकारले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, सहिद घोषणा, घाइतेलाई क्षतिपूर्ती र झुठा मुद्दा फिर्ता भएमात्र राजपा निर्वाचनमा भाग लिने बताउनुभयो । उहाँले सरकारले बारम्बार माँग पुरा गर्ने प्रतिबद्धता जनाए पनि जहिले पनि कुनै न कुनै बहानामा आफूहरुलाई उपेक्षित गरेको आरोप लगाउनुभयो ।
त्यस्तै अर्का नेता सरत्सिंह भण्डारीले राज्य पक्षद्वारा राजपा पार्टीलाई फुटाउने धेरै प्रयास गरिएको भन्दै ६ पार्टी मिलेर निर्माण भएको राजपा कहिले नफुट्ने दाबी गर्नुभयो । उहाँले राजपा अब पार्टी मात्र नभएर जनताको पार्टी र जनताबाट नै संचालित मुलुकको अंगको रुपमा स्थापित भइसकेको बताउनुभयो ।
त्यस्तै राजपाका नेता अनिलकुमार झाले मुलुकमा निर्वाचनको नाममा नौटंकी भइरहेको आरोप लगाउनुभयो । उहाँले निर्वाचनको नाममा मधेशी जनतालाई अस्विकार रहेको संविधानलाई जबरजस्ति लाद्न खोजेको आरोप समेत लगाउनुभयो ।
सोही पार्टीका अर्का नेता राजकिशोर यादवले मधेशीको मुद्दालाई बीचमै छोडेर सत्ता र कुर्सीको मोहमा निर्वाचनमा सहभागि भएको अन्य मधेशी पार्टीले मधेशी जनतालाई धोका दिएको आरोप लगाउनुभयो ।
सो कार्यक्रममा नेकपा एमाले पार्टी त्याग गरेर मलेठका युवा नेता शम्भु प्रसाद यादव (लाली) को नेतृत्वमा करिब पाँच सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु राजपा नेपालमा प्रवेश गरेका छन । त्यस्तै मलेठबाटै नेपाली काँग्रेस, माओवादी केन्द्र परित्याग गरेर सयौंको संख्यामा राजपा प्रवेश गरेका छन् । यसअघि राजविराज वडा नं. १ का अर्का युवा नेता चन्द्रशेखर चौधरी (चन्दर चौधरी) राप्रपा परित्याग गरेर राजपा प्रवेश गरेका थिए ।
राजपामा प्रवेश गरेका सबैलाई नेताहरुले फुलमाला अबिर लगाएर स्वागत गर्दै पार्टीको सदस्यता समेत प्रदान गरेका छन् । सोही कार्यक्रममा नवप्रवेशी शम्भु यादवले राजपाका पाँचै नेताहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
यता एक महिना अघि मात्र मलेठका भिमराज यादव राजपा परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । उनी फोरमबाट राजविराजका लागि मेयर पदका आंकाक्षी हुन् ।
कार्यक्रममा मलेठका सहिद परिवारजनलाई राजपाका अध्यक्ष मण्डलका अध्यक्षहरुले दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियो । राजपा नेपाल सप्तरीको आयोजनामा आयोजित कार्यक्रममा राजपाका केन्द्रिय, जिल्ला, क्षेत्रिय तथा स्थानिय नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ