News Category 2070/08/02
मतदाता परिचयपत्र बितरण शुरु, केहीमा त्रुटी भेटियो
राजविराज÷ सप्तरीमा शनिवारबाट मतदाता परिचयपत्र बितरण कार्य शुरु गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले सम्बन्धित मतदान केन्द्रबाटै मतदाताहरुको परिचयपत्र बितरण कार्य शुरु गरेको हो ।
मतदाताहरुले सहज रुपमा परिचयपत्र पाउन भन्ने उद्देश्यले मतदान अधिकृतहरुबाट परिचयपत्र बितरण शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । यसैबिच मतदाता परिचयपत्र बितरण शुरु गरेको पहिलो दिन शनिवार सप्तरीको हरिपुर ४ निवासी परमेश्वरीदेवी साहको परिचयपत्रमा त्रुटी भेटिएको छ ।
साहको मतदाता परिचयपत्र नम्बर ११६३०६२३ मा नाम परमेश्वरी देवी हुनुपर्नेमा शिबजी साह लेखिएको छ । शिबजी साह उहाँको श्रीमान् हो ।
परिचय पत्रमा फोटो परमेश्वरीदेवीको भएपनि उहाँको नामको सट्टामा उहाँको श्रीमानको लेखिएको भेटिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो ।
यस्तै राजविराज नगरपालिका–६ निवासी आशादेवी यादवको मतदाता परिचयपत्रको क्रम संख्या ९६ हुनुपर्नेमा ९१ लेखिएको फेला परेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
मतदाता परिचयपत्र बितरण शुरु गरिएपछि मतदाता परिचयपत्रमा केही त्रुटीहरु देखिएपनि निर्वाचन आयोगसँग सम्पर्क गरेर सच्याइएर बितरण गर्दै आएको प्रमुख साहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ