News Category 2074/03/13
ट्रक र माइक्रो ठोक्किदा दुईको मृत्यु, सात घाइते
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा सोमबार ट्रक र माइक्रो आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने अन्य ७ जना गम्भिर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा २ ख २७४१ नम्बरको ट्रक र पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा ३ ख ८६६८ नम्बरको माईक्रो हायस् सोमबार विहान ४ बजेतिर आपसमा ठोक्किएको थियो ।
सो दुर्घटनामा परि मृत्यु हुनेहरुमा मोरङ्गको लेटाङ्ग घर भएका ६० वर्षिया जनतासरी राई र काठमाडौं मनहारा ८ बस्ने ४१ वर्षिया मंजु काप्mले रहेका छन् । उनीहरुको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा सर्लाही बस्ने अन्दाजी ३५ बर्षिय सरोज कोईराला, जिल्ला झापा शनिशचरे बस्ने २५ बर्षिय कृष्ण तामाङ, मोरङ लेटाङ–८ बस्ने १८ बर्षिय मौसमी लिम्बु, जिल्ला मकवानपुर धनसरे बस्ने अन्दाजी १८ बर्षिया सगुन विश्वकर्मा जिल्ला मोरङ लेटाङ ३ बस्ने अन्दाजी २१ बर्षिय प्रशान्त शाक्य, धनकुटा–७ बस्ने अन्दाजी ३० बर्षिय भोला थापा, जिल्ला काठमाण्डौ मनहरा–८ बस्ने अन्दाजी ४४ बर्षिय हेम काफ्ले गम्भिर घाइते भएका छन् ।
घाइते सबैको सप्तऋषी अस्पताल लहानमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको प्रहरीले जनाएको छ । यता घटनास्थलमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरीको टोली खटिगई ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ भने माइक्रोका चालक फरार रहेकाले खोजी कार्य तिव्र रुपमा भइरेहको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ