News Category 2074/03/16
दलितलाई कुटपिट गरेको बिरोधमा विभिन्न संघसंस्थाद्वारा कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
मुलुकमा छुवाछुत मुक्त घोषणा भएको अवस्थामा जातिय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ कार्यान्वयनमा रहेको अवस्थामा मानवीय कंलक तथा गम्भिर सामाजिक अपराध रुपमा कायम जातिय विभेद घटनाको विभिन्न संघ संस्थाहरुले भत्र्सना गरेका छन ।
सरकारी कानुनको खिल्ली उडाउँदै सप्तरीमा कथित उपल्लो जातिहरुले एक जना दलितमाथि निर्घात कुटपिट गरेका छन ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ६ साबिक हाल काचन गाबिस वडा न.७ स्थित सोनापुरका ४२ वर्षिय लिलाधर दास तत्मालाई असार १३ गते ग्रामडिबार थानको मन्दिरमा पुजा गर्न जाँदा स्थानीय कथित उपल्लो जातका ब्यक्तिहरुले निर्घात कुटपिट गरेका हुन ।
सोही घटनाको भत्र्सना गर्दै दलित सरोकार मंच नेपाल कंचनरुप नगरपालिकाका युक्तिलाल मरिक, दलित सेवा संघ शाखा सप्तरीका कठौनाका दिपेन्द्र पासवान, उत्पिडित दलित समाज कल्याणपुरका राजेश राम, ईन्सेक प्रतिनिधि मनोहर पोखरेल, मधेशी दलित गैर सरकारी संस्था महासंघका विशेश्वर रजक, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका पशुपति मण्डल सहितकाहरुले संयुक्त रुपमा बिहिबार विज्ञप्ती प्रकाशन गरी पीडितलाई उचित क्षतिपुर्ति तथा दोषीमाथि आवश्यक कानुनी कार्बाही गर्नुपर्ने जोडदार रुपमा माँग गरिएको छ ।
तत्मालाई सोही ठाउँका राज कुमार यादव, काशिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतकाहरुले दलित भएर मन्दिरमा पुजा गरेको भन्दै पीडित दास तत्मा र उनकी श्रीमति दुखनी देवी दासलाई समेत निर्घात कुटपिट गरेको पीडितले बताएका छन । कुटपिटबाट दासको बायाँ हात भाचिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ