News Category 2074/03/16
यूवालाई विदेश पलायनबाट रोक्न सक्ने मुख्य आधार सहकारी ः प्रजिअ
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले युवाहरुलाई विदेश पलायनबाट रोक्न सक्ने मुख्य आधार सहकारी नै रहेको बताउनु भएको छ ।
जन ज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठको संयोजन तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनामनगर काठमाडौंको आयोजनामा बिहिबार आयोजित एक दिने अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कट्वालले जन ज्योति कृषि सहकारी संस्था मार्फत युवा स्वरोजगार कोषबाट उपलब्ध हुने रकमबाट जितेन्द्र प्रसाद यादव, रामरुप खंग खत्व,े राकेश कुमार मण्डल, वुधसेन साह, अरविन्द कुमार मिश्र, रामचन्द्र यादव, भोला प्रसाद यादव, जय नारायण यादव १, जय नारायण यादव २, श्याम नारायण दास, संजय कुमार दास समेत ११ जनालाई ११ थान सिटी रिक्सा हस्तान्तरण गर्नुभयो ।
संस्थाले विगत देखि संचालनमा रहेको आजको रिक्सा चालक भोलीका मालिक योजना अन्तरगत १५० थान रिक्सा लगायत भैसी फार्म, गाई फार्म, माछा पालन, तरकारी खेतीका अतिरिक्त स–साना व्यवसाय (किराना पसल, चिया पसल, पान पसल, वर्क सप) आदिमा लगानी गदैं आईरहेकोमा हाल वतावरण मैत्री योजना अन्तरगत सिटी रिक्सामा समेत लगानी थालिनी भएको अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
जनज्योति कृषि सहकारी संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सो तालिममा युवा तथा साना व्यवसायी कोष सप्तरी जिल्ला संयोजन तथा अनुगमन समितिका सदस्य सचिव हरिदेव प्रसाद चौधरी तथा जिल्ला पशु सेवा कार्यालयका सप्तरीका पशु चिकित्सक विश्वनाथ साहले सहजिकरण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष मण्डलबाट तालिमका उद्देश्य एवम जन ज्योति कृषि सहकारी संस्था सम्बन्धि जानकारी प्रदान गर्नुभएको थियो । उक्त तालिममा ६० जना युवाहरुको सहभागिता रहेका आयोजक संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ