News Category 2074/03/16
यूवालाई विदेश पलायनबाट रोक्न सक्ने मुख्य आधार सहकारी ः प्रजिअ
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले युवाहरुलाई विदेश पलायनबाट रोक्न सक्ने मुख्य आधार सहकारी नै रहेको बताउनु भएको छ ।
जन ज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठको संयोजन तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनामनगर काठमाडौंको आयोजनामा बिहिबार आयोजित एक दिने अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कट्वालले जन ज्योति कृषि सहकारी संस्था मार्फत युवा स्वरोजगार कोषबाट उपलब्ध हुने रकमबाट जितेन्द्र प्रसाद यादव, रामरुप खंग खत्व,े राकेश कुमार मण्डल, वुधसेन साह, अरविन्द कुमार मिश्र, रामचन्द्र यादव, भोला प्रसाद यादव, जय नारायण यादव १, जय नारायण यादव २, श्याम नारायण दास, संजय कुमार दास समेत ११ जनालाई ११ थान सिटी रिक्सा हस्तान्तरण गर्नुभयो ।
संस्थाले विगत देखि संचालनमा रहेको आजको रिक्सा चालक भोलीका मालिक योजना अन्तरगत १५० थान रिक्सा लगायत भैसी फार्म, गाई फार्म, माछा पालन, तरकारी खेतीका अतिरिक्त स–साना व्यवसाय (किराना पसल, चिया पसल, पान पसल, वर्क सप) आदिमा लगानी गदैं आईरहेकोमा हाल वतावरण मैत्री योजना अन्तरगत सिटी रिक्सामा समेत लगानी थालिनी भएको अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
जनज्योति कृषि सहकारी संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सो तालिममा युवा तथा साना व्यवसायी कोष सप्तरी जिल्ला संयोजन तथा अनुगमन समितिका सदस्य सचिव हरिदेव प्रसाद चौधरी तथा जिल्ला पशु सेवा कार्यालयका सप्तरीका पशु चिकित्सक विश्वनाथ साहले सहजिकरण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष मण्डलबाट तालिमका उद्देश्य एवम जन ज्योति कृषि सहकारी संस्था सम्बन्धि जानकारी प्रदान गर्नुभएको थियो । उक्त तालिममा ६० जना युवाहरुको सहभागिता रहेका आयोजक संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ