News Category 2074/03/21
विद्यार्थीहरुलाई सय दिने जुनियर डिभिजन सेवा दल तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, २० असार ।
सप्तरीको बभनगामा कट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयमा मंगलवारदेखि सय दिने जुनियर डिभिजन सेवा दल तालिम सुरु भएको छ ।
तालिममा कक्षा ९ र १० मा अध्ययनरत विद्यालयतहका विद्यार्थीलाई अनुशासित बनाई स्वयम्सेवी दस्ता तयार गर्ने उद्देश्यले राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम सञ्चालन गरिएको हो ।
श्रीकृष्ण दल गणको समन्वयमा विद्यालयमा आयोजित एक कार्यक्रमकामा उक्त तालिमको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले उद्घाटन गर्नुभयो ।
जिल्लाको पहिलो चरणमा राजदेवी माविका ३६ जना र केअ माविका ३६ जना गरी ७२ जना छात्रछात्राहरुको सहभागिता रहने छ । यसैगरी उच्च मावि बभनगामा कट्टी र रुद्रनारायण मावि गोरगामाका छात्रछात्राहरुलाइ समेत सेवा दल तालिम दिन लागिएको जनाईएको छ । तालिममा १८ जना छात्र र १८ जना छात्रा समेत गरी ३६ जनाको सहभागिता रहेको छ ।
तालिमका क्रममा भाषणकला, नेतृत्व विकास, व्यक्तित्व विकास, स्वप्रवद्र्धन, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलीबेटी बेचबिखन तथा लागुपदार्थ दुव्र्यसन, सैनिक कला एवम् महिला तथा बालअधिकार संरक्षणसम्बन्धी तालिम दिईने उहाँले जनाउनुभयो ।
विद्यार्थीहरुलाई नेपाली सेनाको केन्द्र र जिल्लाबाट परिचालन भएका प्रशिक्षकले प्रशिक्षण दिने जनाईएको छ । विद्यालयको नियमित पठन–पाठनमा बाधा नपर्ने गरी दैनिक कम्तिमा दुई घन्टाको दरले सय दिन प्रशिक्षण दिईने छ । स्थान विशेषको रुपमा ७९ दिनसम्म क्याडेटलाई शारीरिक व्यायाम, मास पिटी, तेक्वान्दो, बक्सिङ, खाली हात ड्रिल, खुकुरी ड्रिल, सेरोमोनियल ड्रिल, सैनिक कला, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कम्पास जीपीएसलगायतका साहसिक तालिम दिइने कार्यक्रममा श्रीकृष्ण दलका गणपति डम्बर बोहराले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक सुर्यनारायण साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कट्वालको प्रमुख आतिथ्यमा कार्यक्रममा स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेल, जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुराग द्विवेदी, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरीका प्रमुख रामाआधार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गालगायतको विशेष उपस्थिति रहेको थियो ।
सोही विद्यालयका पूर्व विद्यार्थी पत्रकार बैद्यनाथ यादवले नेपाली सेनाको राष्ट्रिय सेवा दललाई अनुरोध गरेर कार्यक्रम ल्याइएको विद्यालयका प्रअ सूर्यनारायण साहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ