News Category 2074/03/22
बस्ती जोगाउन सुरक्षानिकायद्वारा बाँध मर्मत सुरु तर, चार सय मिटर कटान भएको बाँध पुर्ननिर्माणमा उदासिनता
दैनिक समाचारदाता
राजविराज, २१ असार ।
महुली खोलाको बाढीको उच्च जोखिममा रहेको सप्तरीको तिरहुत गाउँपालिकास्थित भिडियामण्ठ र मैनाकडेरीका दुई बस्ती जोगाउन सुरक्षानिकायले बुधवारदेखि बाँध निर्माण थालेको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले संयुक्त रुपमा बाढीले भत्काएको बाँध निर्माणमा लागेका हुन् ।
भिडियामण्ठमा ७० जना नेपाली सेना, ५० जना सशस्त्र र २० जना नेपाल प्रहरीको संयुक्त टोली बुधवारदेखि बाँध निर्माणमा खटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका ३ स्थित पोर्ताहामा पनि भत्किएको बाँध मर्मतमा ५०÷५० जना नेपाली सेना र सशस्त्र प्रहरीले खटिएको छ ।
तिरहुत गाउँपालिका क्षेत्रमा महुली खोलाको चार ठाउँ बाँध भत्किएको छ । तीन ठाउँ ५०÷५० मिटरको हाराहारीमा भत्किएको छ भने एक ठाउँमा झण्डै चारसय मिटर बाँध भत्किएको छ । यस्तै पूर्व–पश्चिम सडक खण्डको कृष्णश्रवरण गाउँपालिकास्थित महुली पुल क्षेत्रमासमेत दुबै तर्फ महुलीको बाढीले तटबन्ध भत्काएको छ ।
तर, लामो दुरी भत्काएको बाँध मर्मत सम्भारको काम हुन सकेको छैन । ‘पहिल्या बस्ती जोगाउनुपर्ने भएकाले हामीले तारजालीमा बालुवा भरेर भिडियामण्ठको कटान मर्मतसम्भारको काम बुधवार साँझदेखि सुरु गरेका छौं’, राजविराजस्थित नेपाली सेनाका प्रमुख कर्णेल डम्बर बोहराले भने, ‘कम दुरी भएको कटानलाई हामीले मर्मत गर्न सक्छौं, भिडियामण्ठमा भत्किएको बाँध मर्मत नगरिए अब आउने बाढीले दुई वटा बस्ती डुबानमा पर्ने खतरा रहेकाले सकेसम्म चाँडौ मर्मत सकाउनेछौं ।’
यता महुली पुल छेउ र मैनाकडेरीमा ४ सय मिटर कटान भएको तटबन्ध निर्माणमा भने सम्बन्धित निकाय उदासिन देखिएको छ । ‘कम दुरीको कटान नियन्त्रणमा सुरक्षानिकाय परिचालन भएको छ’, प्रजिअ कटुवालले भने, ‘बाँकी रहेको तटबन्ध नियन्त्रण गर्न जलउत्पन्न प्रकोप नियन्त्रण विभागले चाँडै थाल्नेछन् ।’
स्मरण रहोस् चालू आर्थिक वर्षमा सप्तरीको महुली, सुन्दरी, खाँडो सहितका खोलाहरु नियन्त्रणको नाममा ३७ करोड रुपैयाँ खर्च भईसकेको छ । तर, साउन नलाग्दै असारमै आएको बाढीले जिल्लाको १५ सय घर डुबानमा प¥यो भने १६ परिवार विस्थापित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ