News Category 2074/03/27
लुम्बनी म्यानपावरद्वारा बाढीपीडितलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, २६ असार ।
सप्तरीका वाढी प्रभावितहरुलाई सोमवार लुम्बनी म्यानपावर काठमाडौंले राहत सामग्री वितरण गरेको छ ।
राजविराजस्थित विपी विचार समाजको कार्यालयमा आयोजित राहत वितरण कार्यव्रmममा साविकको राजविराज नगरपालिका ९, १० र मलेठ गाउँका बाढी पीडित ६५ परिवारलाई साडी, घोती, पेन्ट, टिसर्ट लगायतका राहत सामग्री वितरण गरिएको हो ।
सो अवसरमा स्थानीय विकास अधिकारी पोखरेलले वर्षौदेखि स्थानियले भोग्दै आएको बाढीको पीडा न्यूनीकरणका लागि दीर्घकालीन उपाय खोज्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै राहतका लागि सहयोग उपलब्ध गराउने लुम्विनी म्यान पावर कम्पनीकी सञ्चालिका मुडभरीले पहाडलाई दुःख पर्दा मधेशले र मधेशलाई दुःख पर्दा पहाडले सहयोगको हात बढाउने परम्परालाई निरन्तरता दिँदै पीडितहरुका लागि छोटो सहयोग लिएर आएको बताईन ।
सहयोगी संस्था लुम्बनी म्यानपावरका सञ्चालिका माधुरी मुडभरीको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा प्रमुख अतिथी स्थानिय विकास अधिकारी सुदेव पोखरेल, वि.पी. विचार समाजका अध्यक्ष एवम् काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, काँग्रेस नगर सभापति शम्भुलाल देव, पूर्व स्ववियु सभापति समीर झा लगायतले वाढी पीडित परिवारहरुलाई राहत वितरण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ