News Category 2070/08/03
निर्वाचन आचार सहिता विपरीत प्रचार प्रसार गरेको भन्दै एमालेको तीनवटा गाडी नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
मौन समयमा सप्तरी क्षेत्र नं. १ मा नेकपा एमालेले निर्वाचन आचार सहिता विपरीत प्रचार प्रसार गरेको भन्दै प्रहरीले गएराति तीनवटा गाडी नियन्त्रणमा लिएको छ ।
सप्तरी क्षेत्र नं. १ स्थित फत्तेपुर ६ स्थित सखुवनीमा टोलमा राती करिब १२ बजे एमालेका कार्यकर्ताहरु प्रचार प्रसार गरिरहेको अवस्थामा एमाओवादीका कार्यकर्ताहरुले दुई वटा बुलेरो, एक स्कारपियो र २५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो ।
नियन्त्रणमा लिएको गाडी मध्ये मोटरसाइकललाई छोडिएको तथा तीन वटा गाडीलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखिएको मोबाइल टोलीका इन्चार्ज प्रहरी निरीक्षक बिजय यादवले जानकारी दिनुभयो ।
एमाओवादी कार्यकर्ताहरुले नेकपा एमालेका उम्मेदबार सुमनराज प्याकुरेलको निर्देशनमा रकम बाडिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको आरोप लगाउँदै इन्सेक जस्तो संस्थाका प्रतिनिधी चढ्ने गाडी पनि निर्वाचन प्रयोजनका लागि प्रयोग भएको आरोप लगाएको छ ।
प्रहरीले एमाले र एमाओवादी कार्यकर्ताबीच झडप हुने स्थिति आएको भन्दै अवस्थालाई साम्य पार्दै गाडीहरु नियन्त्रणमा लिएको जनाएको छ ।
यता नेकपा (एमाले) सप्तरी क्षेत्र नं. १ का उम्मेदबार सुमनराज प्याकुरेलले इमेल मार्फत पठाएका विज्ञप्तिमा “चुनावको मुखमा मंसिर २ गते राति मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का कार्यकर्ताहरुले फत्तेपुर–६ सखुवनीमा पैसा बाँडदै छन् भन्ने हल्ला चलेपछि नेकपा एमाले, फोरम नेपाल, राप्रपा नेपाल, चुरे भाँवर लोकतान्त्रिक, सदभावना पार्टीसहितका कार्यकर्ताहरु सो स्थानमा पुगी आचारसंहिता विपरित पैसा बाँडने कार्य रोकेका हौ । सोही क्रममा स्थानीय प्रहरीले नेकपा एमाले, फोरम नेपाल, राप्रपा नेपाल, चुरे भाँवर लोकतान्त्रिक, सदभावना पार्टीको १÷१ वटा गाडीहरु नियन्त्रण लिएको हो ।” भनिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ