News Category 2074/03/27
बाढीले प्रभावित स्थानहरुको प्रतिवेदन तयार गर्न पाँच सदस्यीय टोली गठन
दैनिक समाचारदाता
राजविराज, २६ असार ।
जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक तथा प्रजिअ कृष्ण बहादुर कट्वालको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले जिल्लामा बाढीले प्रभावित भएका स्थानहरुको स्थलगत अवलोकन निरीक्षण गरी प्रतिवेदन तयार गर्न पाँच सदस्यीय टोली गठन गर्ने निर्णय गरेको छ ।
बाढी वा कुनै पनि खालको विपद् भएपछि सातदेखि १५ दिन भित्र बहुक्षेत्रीय सरोकारवाला निकायहरुको संलग्नतामा प्रारम्भिक द्रुत लेखाजोखा गर्नुपर्ने विपद् ब्यवस्थापन मार्गदर्शनमा भएको ब्यवस्था बमोजिम सो समिति गठन गरिएको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजका प्रमुख डिई लोकेन्द्र प्रसाद यादवको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटीका शाखाअधिकृत ब्रहमदेव यादव, महिला तथा बालबालिका कार्यालयकी निर्मला रिजाल, गैर सरकारी संस्था महासंघ सप्तरीबाट सबल नेपालका परमेश्वर झा सदस्य रहनु भएको छ । समितिको सदस्य सचिवमा जिल्ला समन्वय समितिका विपद् ब्यवस्थापन कार्यक्रम संयोजक राजेश झालाई चयन गरिएको छ ।
बाढी पूर्व तयारी कार्यशाला कार्यक्रममा बाढी पश्चात हालसम्म गरिएको कामको समिक्षा गरियो । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले बहुक्षेत्रीय द्रुत लेखाजोखा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।
सो कार्यक्रममा खानेपानी तथा सरसफाई क्लष्टरका प्रमुख डिई लोकेन्द्र प्रसाद यादव, स्वास्थ्य क्लष्टरका प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नगेन्द्रप्रसाद चौधरी, संरक्षण क्लष्टरका प्रमुख महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ र बन्दोवस्ती क्लष्टरबाट जिल्ला समन्वय समितिका विपद् ब्यवस्थापन कार्यक्रम संयोजक राजेश झाले प्रस्तुती गर्नुभएको थियो ।
अक्सफाम र कोशी पीडित समाजको सहयोगमा जिल्ला विपद् ब्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा सदस्य सचिव स्थानीय विकास अधिकारी तथा समितिका सुदेव कुमार पोखरेलसहितको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ