News Category 2074/03/27
तिलाठीवासीले भने, “राहत होइन् स्थायी समाधान गर”
दैनिक समाचारदाता
राजविराज, २६ असार ।
लगातारको बर्षापछि आएको बाढीबाट पीडित भएका सप्तरीको तिलाठीबासीहरुले विभिन्न संघसंस्थाहरुले प्रदान गर्न आएकाहरुलाई राहतसहित फिर्ता पठाएका छन् ।
गत शुक्रबारदेखि भईरहेको अबिरल बर्षाका कारणले गर्दा तिलाठीका सयौं घर डुबानमा परेपछि त्यहाँका बाढी पीडित परिवारहरुका लागि विभिन्न संघ संस्थाहरुले राहत वितरण गर्न गएको बेला स्थानीयबासीहरुले आफुहरुलाई राहत नभई पुर्नबास तथा ठोस निकास मिल्नुपर्ने माँग गरेका हुन ।
तिलाठीबासीहरुले आफुहरुलाई राहत होईन स्थायी समाधान हुनुपर्ने राज्य तथा सम्बन्धित निकायसँग जोडदार रुपमा माँग गरेका छन् ।
तिलाठीमा सोमबार राजविराज आईडियल तथा युवा संघ नेपालका कार्यकर्ताहरुले राहतका विभिन्न सामग्रीहरु वितरण गर्न पुगेका थिए, तर तिलाठीबासीहरुले ती राहतका सामग्रीहरु नलिई फिर्ता पठाएको स्थानीयहरुले बताएका छन ।
तिलाठीप्रति राज्यको उदासिनता रहेको भन्दै स्थानीय बयोवृद्ध एवं समाजसेसवि शम्भु झाले राहत हैन तिलाठीबासीहरुलाई स्थायी रुपमा तटबन्ध निर्माण गरि बाढी समस्या समाधान गर्नुपर्ने माँग गशस्र्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ