News Category 2074/03/28
छोरा गुमाएको पीडा विर्सन नसक्दै वीमा रकमले परिवार विखण्डन ग¥यो
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
सप्तरी मलेठ वडा नं. ३ का सुखदेव यादवले छोरा गुमाएको पीडा विर्सन नसक्दै वीमा रकमको कारण परिवार नै विखण्डन भएको छ ।
परिवारको आर्थिक उन्नतीसँगै बच्चाको पालनपोषणमा मद्दत पुग्ने उद्देश्यले सुखदेवले छोरा पलट यादवलाई २०७२ असोजमा साउदी अरब पठाएका थिए । विदेश गएको केही दिन भित्रै छोरा विरामी परेपछि कम्पनीले उपचारका लागि अस्पतालमा भर्ना गराइयो ।
अस्पतालमा उपचारका लागि भर्ना भएपछि पलटको दुबै किड्नी विग्रेको भनि अस्पताल प्रशासनले रिपोर्ट दियो । अस्पताल भर्ना भएको दुई महिना बितिसक्दा पनि उनको स्वास्थ्य उपचारमा कुनै सुधार आएन । स्वास्थ्यमा उपचार आउनुको सट्टा झनै स्वास्थ्य अवस्था बिग्रदै गयो । लगातारको अस्पताल भर्ना तर सुधार नदेखिएकोले घर फर्काई उपचार गराउने भनि छोरालाई विदेश पठाएको एजेन्टलाई समस्याको वारेमा सुखदेवले जानकारी गराएको बताए । एजेन्टसँग सँगै काठमाडौं गएर बाबु सुखदेवले म्यानपावरसँग समेत गुहार मागेपछि २०७२ को माघमा छोरा घर त फर्किए तर, विदेशबाट छोरा घर आउँदा सम्म आधाँ जिउ भईसकेको थियो ।
बाबु सुखदेवलाई बिरामी छोरा घर फर्किए पनि विदेश पठाउदाको ऋणको भारीले पिरोलिरहेको थियो । यता छोराको उपचारका लागि परिवारमा रकमको अभाव समेत सृजना भयो । आफ्नै नाममा रहेको ५ कठ जग्गा स्थानिय साहुको नाउमा पास गरेर पाँच लाख ऋण लिएर उपचारमा उनी लागे ।
बिलटका बुबा सुखदेवले भने, “ऋण लिएर राजविराजमा उपचार गराउन खोज्दा राजविराजमा छोराको उपचार सम्भव नभएपछि विराटनगर पनि लगे । तर, त्यहा पनि उपचार गराउँदा स्वास्थ्यमा कुनै प्रकारको सुधार आएन् र पछि भारत लगे र त्यहा पनि उपचार गराउदा समस्या झन जटिल बन्दै गयो । अन्ततः गत चैत्र १८ गते हामी सबैलाई छोडेर उँ सदाका लागि विदा भए ।”
विदेश गएर केही कमाउला र परिवारको लालनपालनमा टेवा पुग्ला भन्ने उनको सपना अधुरै रह्यो । छोराले सहारा देला भनेको अझै एक नातिनी सहित बुहारीको समेत जिम्मेवारी थपेको सुखदेवले दुखेको पोखे ।
यता गाउँकै शिव कुमारको सहयोगले सुखदेवले सप्तरी सामुदायिक विकास केन्द्र नेपालले सञ्चालन गरेको बैदेशिक रोजगारसम्बन्धि सूचना तथा परामर्श केन्द्र राजविराजमा छोरा विदेशमा भएको बेला गरेको वीमा बारेमा आवश्यक जानकारीका लागि सम्पर्क गरे । सो परामर्श सेवा केन्द्रले सम्पूर्ण कागजातहरु मिलाएरm वीमा कम्पनीसँग समन्वय ग¥यो र वीमा कम्पनीसँग समन्वय पश्चात् वीमा कम्पनीले बुहारीको नाममा पाँच लाख पचास हजार रुपैयाँको चेक पठाएको उनले बताए ।
तर, छोराको उपचारको लागि लिएको ऋण तिर्ने र बन्धकी राखेको जग्गा छुटाई त्यहि जग्गाबाट परिवार चलाउने सोचेको कुरा सुखदेवको सपना सपानामै सीमित भयो जुन बेला बुहारीले वीमाको रकम पाएपछि माइतीमै गएर बस्न थालिन् ।
उनले भने, “साहुलाई तिरी बाँकी रहेको रकम नातिनीको लागि राख्ने भनि परिवार छलफल छलफल समेत गरेको थिए । वीमा रकमको लागि वीमा कम्पनी र सूचना केन्द्र वारम्बार गए र अहिले पैसा पाईसकेपछि बुहारीले नातिनीलाई लिई माईतीमा बस्छिन् ।”
अहिले नातीनीलाई भेट्न बुहारीको माईती जाँदा पनि वास्ता नगरेको दुखेसो पोख्दै सुखदेवले भने, “जग्गा फिर्ता गराउन पैसा माग्दा बुहारीले नदिने भन्छिन् ।”
सो सम्मबन्धमा सुखदेवले आफ्नो सम्धीलाई समेत घरायसी सबै समस्या बारे जानकारी गराउदा पनि कुनै वास्ता नगरेपछि साहुसँग छोराको उपचारका लागि लिएको मासिक ३ रुँपैया सयकडाको ऋण बढ्दै जाँदा घर पनि डुब्ने चिन्ताले उनी अहिले निकै चिन्तित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ