News Category 2074/03/28
एमालेद्वारा एक हजार भन्दा बढी बाढी पीडित परिवारलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
सप्तरीका बाढी पीडित परिवारलाई मंगलबार राजविराजमा नेकपा एमालेका केन्द्रिय नेताहरुको उपस्थितीमा राहत वितरण गरिएको छ ।
नेकपा एमाले सप्तरीको पार्टी कार्यालयमा आयोजित राहत वितरण कार्यक्रममा राजविराजनगर क्षेत्रका बाढी पीडित १ हजार १ सय ५५ परिवारलाई एमालेले राहत सामग्री वितरण गरेको हो । वाढी पीडित प्रति परिवारलाई त्रिपाल १, झुल १, मेट्रेस १, ५ किलो चामल र लुगाका राहत सामाग्री वितरण गरिएको हो ।
नेकपा एमाले, युवा संघ नेपाल, अनेरास्ववियु तथा ट्रेड युनियन महासंघ केन्द्रीय समितिले संयुक्त रुपमा सप्तरीका बाढी पीडितहरुका लागि पठाएको सो राहत सामाग्री नेकपा एमाले नगर कमिटीको संयोजनमा मंगलवार वितरण गरिएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल, सहसंयोजक नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य रामपृत पासमान, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, अनेरास्ववियुका केन्द्री अध्यक्ष नविना लामा, ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य किशोर धमला, एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहाडी, एमालेका तर्पmबाट राजविराज नगरपालिकाका मेयरका उम्मेदवार सुखराम यादव, उपमेयरका उम्मेदवार ममता चौधरी, समाजसेवी अजीत ठाकुर लगायतले बाढी पीडितहरुलाई राहत सामाग्री वितरण गर्नुभयो ।
स्थानीय प्रशासनबाट प्राप्त बाढी पीडितहरुको सूचीको आधारमा नगर क्षेत्रका १ हजार १ सय ५५ जनालाई राहत सामाग्री वितरण गरिएको राजविराज मेयरका उम्मेदबार सुखराम यादवले जानकारी दिँदै दोस्रो चरणमा जिल्लाको ग्रामीण क्षेत्रका बाढी पीडितहरुलाई राहत वितरण गरिने कार्यव्रmम तय भएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ