News Category 2074/03/28
रौतहटका यूवा पत्रकारको अगुवाईमा बाढी पीडितलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
रौतहटका यूवा पत्रकारहरुको अगुवाईमा संकलन गरी ल्याएको राहत सामग्री सप्तरीको सकरपुरा र रायपुरका बाढी पीडितहरुलाई बितरण गरिएको छ ।
ती राहत सामाग्रिहरु दुवै ठाउँका एक सय परिवारलाई वितरण गरिएको हो । राहत सामग्रीहरुमा म्याट, चुरा, दालमोड, बिस्कुट, भूजिया, झुल, मिनर वाटर, चाउचाउ, गम्छा, सेनटरी प्याडसहितका सामग्री रहेको रौतहटका पत्रकार रमेश ठाकुरले जानकारी दिनुभयो ।
यस्तै सकरपुरामा जिल्ला खानेपानी डिभिजन कार्यालय राजविराजले ६५ परिवारलाई एक थानको बाल्टिन र सरसफाई सामग्री प्रदान गरेको छ ।
राहत बितरण अवसरमा खानेपानीका कार्यालयका प्रमुख लोकेन्द्र यादव, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, कोसी पीडित समाजका अध्यक्ष देवनारायण यादव, युनिसेफकी सुनिता सुल्फे, प्रेस यूनियनका कार्यबाहक अध्यक्ष आर.एन. विश्वास, राजपाका यूवा नेता निरज मुक्तिको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ