News Category 2074/03/29
दुई एसपीले राजिनामा दिदै, सप्तरीको एसपीमा सिंह आउँदै
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
नेपाल प्रहरी भित्र विभेद भएको भन्दै दुई जना मधेशी प्रहरी अधिकारीहरुले राजिनामा दिने बताएका छन् ।
प्रहरी संगठनभित्र मधेशी र पहाडीको संकुचित मानसिकता हावी रहेको बताउँदै उहाहरुले राजिनामा दिन लागेको बताउनु भएको हो ।
प्रहरी उपरीक्षक अनुराग द्धवेदीले आफुहरु कुसल पूर्वक काम गर्दै आएपनि जातीय विभेदका कारण आफुहरुलाई विनाकारण हेडक्वाटर झिकाई दण्डित गर्ने काम भएको बताउनुभयो ।
हेडक्वाटर बोलाएको पनि यति दिनसम्म हुँदासमेत कुनै जानकारी नदिएकोले आफुहरु राजिनामा दिने तयारी गरेको द्धवेदीले जानकारी दिनुभएको हुलाकी न्यूजमा जनाइएको छ ।
जिल्लामा शान्तिसुरक्षा चुस्त राख्दा राख्दै पनि आफु निकटकालाई पठाउन विना कारण पर्सा र सप्तरीका प्रहरी उपरीक्षकलाई हेडक्वाटर तानेको प्रहरी स्रोतको भनाइ छ ।
पर्साका प्रहरी उपरीक्षक गोविन्द साह र सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्धिवेदीलाई विना कारण हेटक्वाटर तानिएको छ । उहाँहरुले आफ्नो कार्यकुशलता देखाउँदै जिल्लाको सुरक्षा अवस्था मजबुद बनाएको स्थानीयवासीहरुले अनुभुत गरेका थिए ।
गत एक सातादेखि जिल्लाबाट बोलाएर हेडक्वाटरमा राखेको र बोलाउनुको कारण समेत नबताउँदा आफुहरुले राजीनामा दिने तयारी गरेको प्रहरी उपरीक्षक गोविन्द साहले बताउनुभयो ।
आफुहरुलाइ बोलाउनुको कारण बारे जानकारी लिन एक सातादेखी प्रहरी महानिरिक्षकलाई भेट्न खोजे पनि समय नदिएको र बुधबार अचानक काजमा अरुलाई नै जिल्लामा खटाइएको भन्ने खबर आफुहरुले पाए पछि पदमा बसिरहनु उचित नभएको भन्दै दुवै जनाले राजिनामा दिने बताउनुभयो ।
यता पर्साका प्रहरी उपरिक्षक साहलाई हेडक्वाटर झिकाइएको घटनाका बारेमा जिल्लाका स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु पनि चकित बनेका छन् । हेडक्वाटरले साहको ठाउँमा सुदिप गिरी र द्धिवेदीको ठाउँमा मुकेश सिंहलाई खटाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ