News Category 2070/08/05
सप्तरीमा ७० प्रतिशत मतदान निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न, आज बिहान ११ बजेदेखी मतगणना सुरु हुने
दैनिक संवाददाता
राजविराज, ४ मंसिर ।
दोश्रो संविधान सभा निर्वाचन सप्तरी लगायत देशभरि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सप्तरी जिल्लाका १ सय १४ वटै गाविसमा कुनै अप्रिय घटना नभई शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभएको छ ।
उहाँले जिल्ला भरिका मतपेटिकाहरु मंगलबार रातिसम्म आइसकेपछि बुधबार बिहान ११ बजेदेखी गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा मतगणना कार्य सुरु हुने जानकारी दिनुभएको छ ।
यसअघि प्रहरीले सप्तरीका अधिकांश मतदान केन्द्रमा सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाएको थियो । सदरमुकाम राजविराज स्थित राजदेवी मावि मतदान केन्द्रमा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई मतदान स्थलमा प्रहरीले दुब्र्यवहार तथा फोटो खिच्न रोक लगाएको हो । माथिको आदेश भन्दै आफुहरुलाई समाचार संकलनमा प्रहरीले अवरोध गरेको सञ्चारकर्मीहरुले जनाएका छन् ।
सप्तरीको ६ क्षेत्रमा ४ सय ६८ वटा मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको हो । यसका लागि जिल्लामा ३ हजार भन्दा बढी कर्मचारीहरु खटिएका थिए । ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २ लाख ९४ हजार ६ सय २४ मतदाता संख्या रहेको छ ।
५४ हजार ८ सय ३६ मतदाता रहेको सप्तरी क्षेत्र नं. १ मा ८६ मतदान केन्द्र, ४५ हजार ७ सय २३ मतदाता रहेको क्षेत्र नं. २ मा ७४ केन्द्र, ५० हजार ५ सय ४२ मतदाता रहेको क्षेत्र नं. ३ मा ८१ केन्द्र, ४७ हजार ७ सय ६८ मतदाता रहेको क्षेत्र नं. ४ मा ७५ केन्द्र, ४८ हजार १६ मतदाता रहेको क्षेत्र नं. ५ मा ७६ केन्द्र र ४७ हजार ७ सय ९७ मतदाता रहेको क्षेत्र नं. ६ मा ७६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख साहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ