News Category 2070/08/05
सप्तरीमा ७० प्रतिशत मतदान निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न, आज बिहान ११ बजेदेखी मतगणना सुरु हुने
दैनिक संवाददाता
राजविराज, ४ मंसिर ।
दोश्रो संविधान सभा निर्वाचन सप्तरी लगायत देशभरि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सप्तरी जिल्लाका १ सय १४ वटै गाविसमा कुनै अप्रिय घटना नभई शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभएको छ ।
उहाँले जिल्ला भरिका मतपेटिकाहरु मंगलबार रातिसम्म आइसकेपछि बुधबार बिहान ११ बजेदेखी गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा मतगणना कार्य सुरु हुने जानकारी दिनुभएको छ ।
यसअघि प्रहरीले सप्तरीका अधिकांश मतदान केन्द्रमा सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाएको थियो । सदरमुकाम राजविराज स्थित राजदेवी मावि मतदान केन्द्रमा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई मतदान स्थलमा प्रहरीले दुब्र्यवहार तथा फोटो खिच्न रोक लगाएको हो । माथिको आदेश भन्दै आफुहरुलाई समाचार संकलनमा प्रहरीले अवरोध गरेको सञ्चारकर्मीहरुले जनाएका छन् ।
सप्तरीको ६ क्षेत्रमा ४ सय ६८ वटा मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको हो । यसका लागि जिल्लामा ३ हजार भन्दा बढी कर्मचारीहरु खटिएका थिए । ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २ लाख ९४ हजार ६ सय २४ मतदाता संख्या रहेको छ ।
५४ हजार ८ सय ३६ मतदाता रहेको सप्तरी क्षेत्र नं. १ मा ८६ मतदान केन्द्र, ४५ हजार ७ सय २३ मतदाता रहेको क्षेत्र नं. २ मा ७४ केन्द्र, ५० हजार ५ सय ४२ मतदाता रहेको क्षेत्र नं. ३ मा ८१ केन्द्र, ४७ हजार ७ सय ६८ मतदाता रहेको क्षेत्र नं. ४ मा ७५ केन्द्र, ४८ हजार १६ मतदाता रहेको क्षेत्र नं. ५ मा ७६ केन्द्र र ४७ हजार ७ सय ९७ मतदाता रहेको क्षेत्र नं. ६ मा ७६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख साहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ