News Category 2074/03/29
सैनिक श्रीमती संघद्वारा बाढीपीडितलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सैनिक श्रीमती संघ नेपाली सेना भद्रकाली काठमाडौंले बुधबार सप्तरीको मयनाकडेरीमा ४ सय बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ ।
जिल्लाका तिरुहत गाउँपालिकास्थित मयनाकडेरी, भेडिया र हनुमाननगर कंकालिनी नगरपालिका पोर्ताहाका बाढी पीडितहरुलाई सो राहत वितरण गरिएको हो ।
प्रत्येक बाढी पीडित परिवारलाई मण्डी एक थान, पिठो १० किलो, दाल ५ किलो, चिनी ५ किलो, नुन १ प्याकेट र जिवनजल १० प्याकेटका दरले वितरण गरिएको छ ।
नेपाली सेनाका पूर्वी पृतनापतिका उपरथी प्रह्लाद थापा, सैनिक श्रीमती संघकी सल्लाहकार सारदा थापा, १८ बाहिनी अडका निमित्त बाहिनीपति महासेनानी भरत चन्द्र गुरुङ, राजविराजस्थित श्री कृष्ण दल गणका गणपति डम्बर बोहरा लगायतले सो राहत सामग्रि वितरण गर्नुभयो ।
गत असार १७ गते खाँडो, बलान, त्रियुगा, सुन्दरी लगायतको खोलामा आएको बाढीका कारण जिल्लाको १ हजार ५ सय परिवार प्रभावित भएका छन् भने १४ घर विस्थापित समेत भएको छ ।
यता सेनाले सशस्त्र र नेपाल प्रहरीसित समन्वय गरी महुली खोलाको बाढीले भत्काएको बाँध निर्माणमा समेत जुटिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ