News Category 2074/03/31
मलेठ घटना दुई नेताबीचको रिसिबीलाई मुछेर अन्यत्र मोड्न खोजेको तत्कालिन मोर्चा संयोजक यादवको आरोप
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
गत फागुन २३ गते सप्तरीको मलेठमा भएको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोग ताहिर अली नेतृत्वको टोलीले सरकारलाई पेश गरेको प्रतिवेदनप्रति संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले आपत्ति प्रकट गर्नुभएको छ ।
नेकपा एमालेको मेचीमहाकालि अभियानको तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीको मलेठमा गरेको बिरोध पश्चात् प्रहरीको गोलीबाट पाँच जनाको ज्यान गएको घटनामा तत्कालिन मोर्चाका संयोजक दिनेश यादव र एमालेका नेता सुमनराज प्याकुरेलको व्यक्तिगत रिसिबीले समेत मलजल गरेको प्रतिवेदनमा उल्लेख भएपछि नेता यादवले सो कारणको प्रतिवाद गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीमा शुक्रबार तत्कालिन मोर्चाका संयोजक यादवले गर्नुभएको पत्रकार सम्मेलनमा राष्ट्रिय मानवअधिकार पनि एमालेको कार्यकर्ता भर्ती केन्द्र भएको आरोप लगाउँदै मलेठ घटनालाई दुई नेताको रिसिबीको बहाना बनाएर अन्यत्र मोड्न खोजेको आरोप समेत लगाउनुभयो ।
उहाँले मलेठ घटना हुनुमा एमाले र काँग्रेस दुबै दोषि रहेको आरोप लगाउँदै घटनाको सत्यतथ्य बाहिर आउनु पर्ने माँग समेत गर्नुभयो । उहाँले मलेठ घटना अन्तराष्ट्रियकरण भइसकेको अवस्थामा दुई नेताबीचको आपसी मतभेदलाई अगाडी सारेर आयोगले संचारजगत समेतलाई बदनाम गर्न खोजेको बताउनुभयो ।
मोर्चाका कार्यकर्ताहरुले लाठी, भाला, रड र पेट्रोल बम प्रहार गर्दै कार्यक्रम स्थल तर्फ जाँदै गरेको अवस्थामा सुरक्षाकर्मी भन्दा बढी प्रदर्शनकारी रहेको भन्दै प्रतिवेदनमा सो अवस्थामा प्रहरीले गोली चलाउनु परेको उल्लेख गरिएको विषय पनि कपोकल्पित र झूठो भएको अध्यक्ष यादवले दाबी गर्नुभयो । मोर्चाका कार्यकर्ताहरुले शान्तिपूर्ण प्रदर्शन गरेको दाबी गर्दै पत्रकार सम्मलेनमा अध्यक्ष यादवले घटनामा प्रहरीले एमाले र तत्कालिन गृहमन्त्रीको आदेशमा गोली चलाएको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा तत्कालिन मोर्चाका संयोजक समेत रहनुभएका यादवले एमाले नेता सुमनराज प्याकुरेल र आफूबीच कुनै त्यस्तो तित्तता नरेहको दाबी समेत गर्नुभयो । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नरहने उहाँको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ