News Category 2074/04/02
बाढी पीडितलाई विभिन्न संघ संस्थाद्वारा सहयोग
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
असार १७ गते सप्तरीको विभिन्न स्थानमा आएको बाढीले पीडित भएका परिवारलाई विभिन्न संघ संस्थाले सहयोग रुवरुप राहत उपलब्ध गराउने क्रम जारी छ ।
यसैक्रममा नेपाल महेश्वरी परिषदले आईतबार २ सय बाढी पीडितलाई राहत स्वरुप खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको छ ।
बाढीबाट प्रभावित राजविराज नगरपालिका वडा न. ९, १० र मलेठका २ सय परिवारलाई प्रति परिवार त्रिपाल १ थान, लुगा सेट १, चाउचाउ १० प्याकेटका साथै साबुन, दाल, खानेतेल, बिस्कुट, पेष्ट, च्युरा, भुजा लगायतका राहत सामग्री वितरण गरिएको हो ।
विपी विचार समाजले राजविराजमा आयोजित राहत वितरण कार्यक्रममा परिषदका संयुक्त मन्त्री गोविन्द काबँरा, महेश्वरी युवा मंचका अभिताभ महेश्वरी, विवेक राठी, विपी विचार समाजका अध्यक्ष रामकुमार यादव, काग्रेस नगर सभापति शम्भुलाल देव, पुर्व स्ववियु सभापति समिर झा, मो.शब्बिर आजम, साकिर हुसेन, इन्द्र नारायण देव लगायतले बाढी पिडित परिवारलाई राहत वितरण गर्नुभएको थियो ।
यस्तै आईतबारै जिल्लाको सकरपुरा गासिबका २ सय ५० बाढी पीडित परिवारलाई राजविराज लायन्स क्लव र लाहान लायन्स क्वलले संयुक्त रुपमा खाद्यान्न, लत्ताकपडा र औषधि लगायतका राहत सामग्रीहरु वितरण गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ