News Category 2074/04/03
एघार बुँदे घोषणा पत्र जारि गर्दै डोम उत्थान समाजको भेला सम्पन्न, डोम समुदायका व्यक्तिलाई निर्णायक पदमा समावेश गर्न राजनैतिक दलसँग माँग
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
समाजमा दलित भित्र पनि अपहेलित दलित डोम जातीलाई माथी उठाउन राज्यको हरेक निकायले रोजगारीमा विशेष आरक्षणको व्यवस्था मिलाउनु पर्ने सोमबार राजविराजमा आयोजित एक कार्यक्रममा वक्ताहरुले माँग गरेका छन् ।
डोम उत्थान समाज सप्तरी र दलित जनकल्याण युवा क्लब लहानको संयुक्त आयोजनामा सोमबार राजविराजमा संचालित जिल्ला स्तरिय डोम भेलाका वक्ताहरुले सो माँग गरेका हुन् ।
एक्सन एड नेपालको सहकार्यमा आयोजित भेलामा डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले डोम समुदायले सामाजिक संरचना र राज्यको विभेदकारी नीति छुवाछुत तथा जातिय भेदभावको कारण अरु व्यवसाय, गाई पालन, भैसी पालन, किराना पसल, होटल इत्यादी व्यवसाय गर्न नसक्नुको मूल कारण जातिय भेदभाव रहेको आरोप लगाउनुभयो ।
उहाँले नेपालको कुल जनसंख्याको ७ प्रतिशत साक्षर रहेको डोम समुदायका तर्फबाट हालसम्म एक जना स्नातक, १७ जना प्रविणता प्रमाणपत्र तह र ४० जना एसएलसी उत्तिर्ण भएका जानकारी दिनुभयो । उहाँले साक्षर भएका मध्येबाट १६ जना सप्तरीकै युवा रहेको उल्लेख गर्नुभयो ।
भेलामा डोम उत्थान समाज सप्तरीले ११ बुँदे घोषणापत्र समेत जारि गरेको छ । जारि गरिएको घोषणा पत्रमा डोम समुदायलाई उच्च शिक्षा हासिल गर्न नेपालको संविधानको धारा ४० दलितको हकको उपधारा २ दलित विद्यार्थीलाई प्राथमिकदेखी उच्च शिक्षासम्म कानुन बमोजिम छात्रबृतीसहित निशुल्क शिक्षाको अविलम्ब व्यवस्था मिलाउन आग्रह समेत गरिएको छ ।
नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार डोम समुदायको कूल जनसंख्या १३ हजार २ सय ६८ मध्ये तराईमा १२ हजार ८ सय ३३ डोम समुदाय बसोवास गर्दै आइरहेको उल्लेख गर्दै पहाडमा २४ र हिमालमा ४ सय ११ जना बसोवास गर्दै आइरहेको घोषणापत्रमा जनाइएको छ ।
जारि घोषणापत्रमा भूमीहिन, सुकुम्वासी, अव्यवस्थित बसोवास रहेको डोम समुदायलाई खेती गर्न जग्गा, बसोवासको ग्यारेन्टीको माँग गरिएको छ । डोम समुदायका परम्परा पेशा लोप हुदैगईरहेकोले राज्यले वैकल्पिक अन्य शिपहरुको क्षमता अभिवृद्धी गर्दै जिवनमूखी शिक्षाको व्यवस्था गर्न समेत माँग गरिएको छ ।
त्यस्तै राजनीतिको निर्णायक पदमा पार्टीहरुलाई समावेशी समानुपातिक सिद्धान्तको आधारमा समावेश गर्न माँग गरिएको छ । सोही ज्ञापनपत्रमा देश खुल्लादिसा मुक्त हुने तरखरमा रहेको हुँदा डोम तथा सदा समुदायहरुलाई बसोवासको जग्गामा परिवार समावेश नहुने अवस्था रहेकोले त्यस्ता ठाउँहरुमा सरकारसमक्ष सार्वजनिक शौचालयको व्यवस्था गर्न माँग गरिएको छ ।
सम्पन्न भेलामा जिल्लाका डोम समुदाय लगायत दलित जनकल्याण युवा क्लव लहानका अध्यक्ष उमेश विशुंके, जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी लगायत अन्य संघसंस्थाका प्रतिनिधी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ