News Category 2074/04/03
फोरम नेपालले जिल्लाको १७ वटै स्थानिय तहमा प्रशिक्षण कार्यक्रम गर्ने
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
संघिय समाजवादी फोरम नेपाल सप्तरीले जिल्लाको १७ वटै स्थानिय तहमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
आगामी असोज २ गतेको प्रदेश नं. २ मा हुने तेश्रो चरणको निर्वाचनलाई लक्षित गरी फोरम नेपालले स्थानिय तह स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको जनाइएको छ ।
पार्टीले दिएको जानकारी अनुसार हनुमान नगर योगिनीमाई नगरपालिकामा साउन ४ गते, छिन्नामस्ता गाउपालिकामा ५ गते, राजबिराज नगरपालिकामा ६ गते, ईटहरी बिष्णुपुर गाउँपालिकामा ७ गते, कोईलाडी तिलाठी गाउपालिकामा ८ गते, बेल्हीचपेना गाउँपालिकामा ९ गते कार्यक्रम हुने भएको छ ।
त्यस्तै शम्भुनाथ नगरपालिका साउन १५ गते, तिरुहुत गाउँपालिका १६ गते, बोदेबर्सान नगरपालिकामा १७ गते, माहादेबा गाउपालिकामा १८ गते, कृष्णासवरण गाउँपालिकामा १९ गते, डाकनेश्वरी नगरपालिकामा २० गते, रुपनी गाउँपालिकामा २१ गते, सुरुङ्गा नगरपालिकामा २२ गते, खडक नगरपालिकामा २३ गते, कंचनरुप नगरपालिकामा २४ गते र सप्तकोशी नगरपालिकामा २५ गते भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने फोरम नेपाल सप्तरीले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षतामा सोमबार सम्पन्न कार्यसम्पादन समितीको बैठकले स्थानिय तहको भेलाको लागी जिम्मेवारी तोक्नुको साथै प्रशिक्षणका लागी केन्द्रिय तथा प्रदेश, जिल्ला नेताहरुको उपस्थितीमा गर्ने निर्णय गरेको पार्टीका निर्वमान उपाध्यक्ष कन्तलाल चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ