News Category 2070/08/05
सप्तरीमा एक सय २५ वर्षीया वृद्धाद्वारा मतदान
दैनिक संवाददाता
राजविराज, ४ मंसिर ।
संविधानसभा निर्वाचनका क्रममा मंगलबार सप्तरीमा १ सय २५ वर्षिया एक बृद्धाले मतदान गर्नुभएको छ ।
सप्तरीको अर्नाहा गाविसस्थित राप्रावि मतदान केन्द्र “क” मा सोही गाविस निवासी १ सय २५ वर्षिया डोमी देवी चौधरीले मतदान गर्नुभएको हो । यस्तै जिल्लाको छिन्नमस्ता गाविस निवासी १ सय ६ वर्षीय बनबाली मण्डलले मतदान गर्नुभयो ।
यस्तै धनुषा क्षेत्र नं ३ अन्तर्गत राष्ट्रिय प्राथमिक विद्यालय जटही मतदान केन्द्र क र ख बाट १ सय १० र १ सय १२ वर्षका नागरिकले मतदान गर्नुभएको छ ।
मतदान गर्नेमा जटही ५ स्थायी बसोबास गर्ने १ सय १२ वर्षीय माथवर यादव र १ सय १० वर्ष मनोदेवी यादव रहेको मतदान अधिकृत अङ्केश्वर यादवले बताउनुभयो ।
यसैगरि मोरङ क्षेत्र नं १ मा १ सय ९ वर्षीय बोधनलाल गन्गाईले डोरिया प्रावि झुर्किया, गुल्मी क्षेत्र नं १ मा रहेको खड्गकोटमा १ सय वर्षीया जमुना ढकाल र कपिलवस्तु वाणगङ्गा जनता उमावि केन्द्रमा १ सय १० वर्षका निमाराम घिमिरेले मतदान गर्नुभएको छ ।
यसैगरी हुम्ला मदना गाविस गल्लावाडा घट्टेखोला मतदान केन्द्रमा १ सय २ वर्षकी जीरा ढकाल र दार्चुलास्थित भूमिराज मावि इयरकोट केन्द्रमा १ सय ० वर्षीया मैनादेवी महतोले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ