News Category 2074/04/05
दृष्टिविहीन परिवारले पाए नयाँ घर
दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
सप्तरीका एकै परिवारका १६ जना मध्ये ६ जना दृष्टिबिहीन भएको समाचार विभिन्न संचारमाध्यममा प्रकाशन भएपछि उनीहरुका लागि भौतिक तथा आर्थिक रुपमा मद्दत गर्ने सहयोगी हातहरु बढेको छ । जस अन्तरगत काठमाडौंका जिग्री पाण्डे प्रतिष्ठान, सामाजिक अभियन्ता रमेश प्रसाद साह र सप्तरी युथको प्रयासमा ती दृष्टिबिहीन परिवारले आफ्नै घर पाएका छन् ।
२०७३ पुस महिनामा दृष्टिबिहीन परिवारको विचल्लि सम्बन्धी समाचार बाहिर आएपछि करिब साढे ६ महिनाको अवधीमा उनीहरु दुई वटा टिनको छानो भएको घर र वरिपरी पर्खाल बिनाको घरबाट सरेर अब तीनकोठे पक्की घरमा सरेका छन् ।
सप्तरीको साविकको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ र हालको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ प्रवाहका मण्डल परिवारमा ६ जना दृष्टिबिहीन भएका व्यक्तिहरु सरकारबाट पाउने सेवा र सुबिधा समेत नपाउँदा बिचल्लीमा परेका थिए ।
जिग्री पाण्डे प्रतिष्ठान नेपाल, युवा सामाजिक अभियन्ता रमेश प्रसाद साह र सप्तरी युथ नेपालको आयोजनामा बुधबार आयोजित दृष्टिविहीन आवास निर्माण परियोजना अन्तरगत घर हस्तान्तरण कार्यक्रममा ती दृष्टिबिहीन परिवारलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिग्री पाण्डे प्रतिष्ठानका विकास राज पाण्डे, सामाजिक अभियन्ता रमेश प्रसाद साह र धुरमुस सुन्तली फाउण्डेशनका सिताराम कट्ेलले सामूहिक रुपमा नवनिर्मित घरको साँचो हस्तान्तरण गर्नुभयो । सो घर निर्माणमा धुरमुस सुन्तली फाउण्डेशनले प्राविधिक सहयोग गरेको छ ।
उक्त घर निर्माणका लागि जिग्री पाण्डे फाउण्डेशनले १८ लाख ५१ हजार ६४, सामाजिक अभियन्ता रमेश प्रसाद साहले ७ लाख ७७ हजार ४ सय ६, सप्तरी युथ नेपालले २८ हजार रकमको सहयोग गरेका छन् । उक्त घर निर्माणका लागि जम्मा ३१ लाख ७० हजार ८ सय ७५ रकम लागेको जिग्री पाण्डे फाउण्डेशनका विकास राज पाण्डेले जानकारी दिनुभयो । यता अपुग ३ लाख ३९ हजार बैंक मौजदात र ९१ हजार ५ सय ९५ नगद रहेको र बाँकी ५ लाख १४ हजार ४ सय ५ रुँपैया अझ ऋण रहेको जनाइएको छ ।
१६ जनाको एउटै परिवारका दुई दाजु भाई, उनका बहिनी, श्रीमति र दुई छोरा सहित ६ जना दृष्टिबिहीन छन । तर, ती दृष्टिबिहीनहरु राज्यबाट पाउनुपर्ने सेवा र सुविधाहरु अझै पाउन नसक्दा बिच्चली परेका थिए ।
परिवारका ठूला सदस्य दाई ५० वर्षिय शम्भु मण्डल, भाई ४५ वर्षिय शिव नारायण मण्डल, उनकी श्रीमती ४० वर्षिया गिता देवी मण्डल र उनका ८ वर्षिय छोरा भुपेन्द्र मण्डल, शम्भुकी बहिनी ४२ वर्षिय जयकला देवी मण्डलका श्रीमान्सहित ६ जना दृष्टिबिहीन छन् । त्यस मध्ये शिवनारायणका छोरा भुपेन्द्रलाई साँझपख देख्न छोडेको छ भने बहीनी जयकला शारिरीक अपाङ्गता समेत छिन् ।
यता हेल्प नेपाल नेटवर्क धुलिखेलको बालगृहले दृष्टिबिहीन परिवारका चार जना बालिका निशुल्क अध्ययन गराइएको सप्तरी युथका विष्णु कुमार यादवले जानकारी दनिुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ