News Category 2074/04/05
नगरपालिकाले निर्धारण गरेकै दररेटमा कर वसुली ः कन्स्ट्रक्सन
दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
अजय अनुज कन्स्ट्रक्सनले राजविराज नगरपालिकाले निर्धारण गरेको दररेट अनुसार नै कर वसुल उपर गरिरहेको जनाएको छ ।
कन्स्ट्रक्सनका प्रोपाइटर लक्ष्मण यादवले बुधबार एक विज्ञप्ती प्रकाशन गरी कुनै पनि व्यवसायीसँग दररेट भन्दा बढी कर नलिएको दाबी गर्दै त्यस्तो दर रेट भन्दा बढी लिएको प्रमाणित गर्न चुनौती दिइएको छ ।
विगतमा वर्षहरुमा स्थानीय निकायको संरचनामा कम दर रेट तय रहेकोमा अहिले आएर वर्तमान नयाँ संरचनामा राजविराज नगरपालिका कार्यालयको नगर परिषदद्वारा पारित भएको दर रेटमा कर असुल उपर गरिरहे पनि कतिपय साना तथा मझौला व्यवसायीहरुले कम दस्तुर नै दिईरहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा के कुन मनसायले ठेकेदार र कन्स्ट्रसनमाथि आरोप लगाई बदनाम गर्न खोजेको भन्दै आरोप कपोकल्पित रहेकाले यसमा नपर्न सम्पुर्ण जनसमुदायहरुसँग कन्स्ट्रसनले अनुरोध समेत गरेको छ ।
यसअघि राजविराज हटियाका साना तथा मझौला फुटपाते पसले र ब्यावसायीहरु राजविराज नगरपालिकाले तोकेको दररेट भन्दा दोब्वर र तेब्वरसम्म ठेकेदारले कर वसुली गरेको भन्दै पत्रकार सम्मेलन गरि आक्रोस पोखेका थिए ।
साना तथा मझौला फुटपाते पसलेहरुले मंगलबार एक पत्रकार सम्मेलन गर्दै हटिया गुदरीका लागि नगरपालिका कार्यालयले तोकेको दस्तुरभन्दा ठेकेदारले दोब्वर र तेब्वर दस्तुर वसुल्ने गरेको आरोप लगाउँदै अविलम्व यस्ता कार्य नरोकिए नगरपालिका र ठेकेदार विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ