News Category 2074/04/05
नगरपालिकाले निर्धारण गरेकै दररेटमा कर वसुली ः कन्स्ट्रक्सन
दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
अजय अनुज कन्स्ट्रक्सनले राजविराज नगरपालिकाले निर्धारण गरेको दररेट अनुसार नै कर वसुल उपर गरिरहेको जनाएको छ ।
कन्स्ट्रक्सनका प्रोपाइटर लक्ष्मण यादवले बुधबार एक विज्ञप्ती प्रकाशन गरी कुनै पनि व्यवसायीसँग दररेट भन्दा बढी कर नलिएको दाबी गर्दै त्यस्तो दर रेट भन्दा बढी लिएको प्रमाणित गर्न चुनौती दिइएको छ ।
विगतमा वर्षहरुमा स्थानीय निकायको संरचनामा कम दर रेट तय रहेकोमा अहिले आएर वर्तमान नयाँ संरचनामा राजविराज नगरपालिका कार्यालयको नगर परिषदद्वारा पारित भएको दर रेटमा कर असुल उपर गरिरहे पनि कतिपय साना तथा मझौला व्यवसायीहरुले कम दस्तुर नै दिईरहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा के कुन मनसायले ठेकेदार र कन्स्ट्रसनमाथि आरोप लगाई बदनाम गर्न खोजेको भन्दै आरोप कपोकल्पित रहेकाले यसमा नपर्न सम्पुर्ण जनसमुदायहरुसँग कन्स्ट्रसनले अनुरोध समेत गरेको छ ।
यसअघि राजविराज हटियाका साना तथा मझौला फुटपाते पसले र ब्यावसायीहरु राजविराज नगरपालिकाले तोकेको दररेट भन्दा दोब्वर र तेब्वरसम्म ठेकेदारले कर वसुली गरेको भन्दै पत्रकार सम्मेलन गरि आक्रोस पोखेका थिए ।
साना तथा मझौला फुटपाते पसलेहरुले मंगलबार एक पत्रकार सम्मेलन गर्दै हटिया गुदरीका लागि नगरपालिका कार्यालयले तोकेको दस्तुरभन्दा ठेकेदारले दोब्वर र तेब्वर दस्तुर वसुल्ने गरेको आरोप लगाउँदै अविलम्व यस्ता कार्य नरोकिए नगरपालिका र ठेकेदार विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ