News Category 2074/04/07
धान खेतमा पानी पटाउने विषयमा दुई पक्षबीच कुटाकुट हुँदा १८ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
धान खेतमा पानी पटाउने विषयमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ स्थित खुदीबखारी टोलमा शुक्रबार बिहान भएको दुई पक्ष बीचको विवाद कुटाकुट हुँदा एक दर्जन भन्दा बढी ब्यक्तिहरु घाईते भएका छन ।
सो विवादपछि भएको कुटाकुटमा १८ जान घाइते भएका छन् भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।
दुई पक्षबिच भएको दोहरो कुटाकुटमा सोही ठाउँका ५५ वर्षिय रामलखन मण्डल, संतोष कुमार मण्डल, ३५ वर्षिय देव कुमार मण्डल, नारायण मण्डल, गजेन्द्र मण्डल, देवेन्द्र मण्डल, गोपि लाल मण्डल, अजित कुमार मण्डलसहित घाईते भएका छन ।
त्यस्तै अर्को पक्षका ४४ वर्षिय विरेन्द्र शाह, संतोष शाह, सुरेन्द्र साह, अनिल साह घाईते भएका छन् । यता राजाराम मण्डल र श्रीकुमार मण्डललाई थप उपचारका लागि धरान पठाइएको छ भने त्यसमध्ये श्रीकुमारको अवस्था चिन्ताजनक रहेको छ ।
यता छिन्नमस्ता प्रहरीले सो घटनामा सुरेन्द्र साह र उजित साहले खुकुरी समेतको प्रयोग गरेको भन्दै घटनास्थलबाट खुकुरी बरामद गरेको जनाएको छ ।
घाईतेहरुको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यता घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ