News Category 2074/04/08
पशु कार्यालयद्वारा कृषकहरुलाई प्रोत्साहन स्वरुप रकम हस्तान्तरण
राजविराज÷जिल्ला पशु सेवा कार्यालय सप्तरीले सरोकारवाला निकायको संलग्नतामा एक दिने स्थलगत भ्रमण शनिबार गरेको छ ।
स्थलगत भ्रमणकै क्रममा जिल्लाको मधुपटी, पिपरा, दौलतपुर, हरीपुर गाबिसका बंगुर पालन ५० किसानलाई २ वटाको दरले प्रदान गरीएको छ । रु. ४ हजार प्रति बंगुरको मुल्य परको कार्यालयले जनाएको छ ।
त्यस्तै बाख्रा पालन १ सय २० किसानलाई खोर सुधारको लागि प्रति किसानलाई रु. ५ हजारका दरले प्रदान गरीएको छ । यसैगरी गाई गोठ सुधारको लागि १ सय २० किसानलाई रु. १० हजारका दरले प्रदान गरीएको छ । यस्तै कुखुरा खोरको सुधारका लागि २५ किसानलाई रु. ३ हजारका दरले वितरण गरीएको छ ।
यसैगरी १० किसानलाई कुखुराको १० वटा चल्ला वितरणको लागि रु.६० रुपैयाँ प्रति चल्लाको दरले रकम प्रदान गरीएको जनाइएको छ । सो कार्यालयले बंगुरको बच्चा ५० किसानलाई २ वटा बंगुरको बच्चा प्रदान गरीएको छ । त्यस्तै १५ हजारका दरले बायो ग्यासँ निर्माणका लागि ५० वटा किसानलाई रकम प्रदान गरी निर्माण गरीएको छ । त्यस्तै १५ हजारका दरले प्रति किसानलाई ५ बोका प्रदान गरीएको जनाईएको छ ।
जिल्ला पशु सेवा कार्यालय सप्तरी अन्तर्गत १७ वटा पशु केन्द्रहरु कंचनपुर, महुली, पातो, कडरबोना लगायत रहेका छन ।
भ्रमणको क्रममा दौलतपुर उच्च मावि विद्यालयमा आयोजित एक कार्यक्रममा किसानहरुलाई चेक हस्तानान्तरण कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले किसानहरुलाई प्रोत्साहन स्वरुप समुह मार्फत चेक हस्तान्तरण गरेकोमा किसानहरु लाभान्वित भएका छन । सानो रकम भएता पनि किसानहरुले यस्को लाभ निश्चित उठाउने प्रतिवद्धता जनाएका छन ।
सो अवसरमा पशु कार्यालयका प्रमुख डा.अशोक कुमार सिंहले कार्यालयले गरेको कार्यक्रमलाई सबै सरोकारबालाहरुले स्थलगत अनुगमन गरी कार्यक्रमलाई सफल र प्रोत्साहित गर्न अझ मदत हुने विश्वास ब्यक्त गर्नुभयो ।
उक्त अवसरमा किसान समुहका तर्फबाट राधेश्याम रामले सानो कार्यक्रम भएपनि आयआर्जनको लागि प्याकेज कार्यक्रमको रुपमा प्रस्तुत गरीएकोले यसबाट किसानलाई ठूलो उत्साहित बनाएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ