News Category 2074/04/09
मोटरसाइकलमा आगजनी, चोरी गर्ने दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज ८ साउन ।
सप्तरी प्रहरीले राजविराजमा चोरीका घटनाहरु बढ्दै गएको अवस्थामा दुई चोरहरुलाई पक्राउ गरेको छ । आइतबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका चोरहरुलाई सार्वजनिक गरेको छ ।
सो पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले विभिन्न चोरीका घटनाहरुमा संलग्न रहेको राजविराज ६ निवासी १८ वर्षिय गोपी भन्ने किसन कुमार राउत र रमपुरा मल्हनिया हाल हनुमाननगर कंकालिनी वडा नं. १४ निवासी १९ वर्षिय पर्वत कुमार साहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
उनीहरुले राजविराज निवासी रंजित कुमार साहको घरको कोठाबाट र सोही घरमा कोठा भाडामा लिई बस्ने विशाल सोनीको कोठाबाट नगद तथा जिन्सी मालसमानहरु चोरी गरेको तथा उनीहरुको साथबाट लागु औषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरि शनिबार राती राजविराज ७ स्थित हरेराम दासको घर कम्पाउण्डमा पार्किङ गरी रोकी राखेको स१प ७९३१ नं.को मोटरसाइकललाई पार्किङ स्थलबाट केही पर पु¥याई आगजनी समेत उनीहरुबाटै भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले चोरी गरेका सामानहरु छिमेकीको ट्वाइलेट नजिक लुकाई छिपाई राखेको जानकारी दिएपछि प्रहरीले सो स्थानबाट सामसुङ मोवाइल, नोकिया मोवाईल एक एक थान, नगद सात हजार चार सय, लत्ताकपडा, भाडाबर्तन लगायतका सामानहरु बरामद गरेको जनाएको छ ।
उनीहरुमाथी चोरी, लागु औषध तथा आगजनी मुद्दामा म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ