News Category 2074/04/09
मोटरसाइकलमा आगजनी, चोरी गर्ने दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज ८ साउन ।
सप्तरी प्रहरीले राजविराजमा चोरीका घटनाहरु बढ्दै गएको अवस्थामा दुई चोरहरुलाई पक्राउ गरेको छ । आइतबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका चोरहरुलाई सार्वजनिक गरेको छ ।
सो पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले विभिन्न चोरीका घटनाहरुमा संलग्न रहेको राजविराज ६ निवासी १८ वर्षिय गोपी भन्ने किसन कुमार राउत र रमपुरा मल्हनिया हाल हनुमाननगर कंकालिनी वडा नं. १४ निवासी १९ वर्षिय पर्वत कुमार साहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
उनीहरुले राजविराज निवासी रंजित कुमार साहको घरको कोठाबाट र सोही घरमा कोठा भाडामा लिई बस्ने विशाल सोनीको कोठाबाट नगद तथा जिन्सी मालसमानहरु चोरी गरेको तथा उनीहरुको साथबाट लागु औषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरि शनिबार राती राजविराज ७ स्थित हरेराम दासको घर कम्पाउण्डमा पार्किङ गरी रोकी राखेको स१प ७९३१ नं.को मोटरसाइकललाई पार्किङ स्थलबाट केही पर पु¥याई आगजनी समेत उनीहरुबाटै भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले चोरी गरेका सामानहरु छिमेकीको ट्वाइलेट नजिक लुकाई छिपाई राखेको जानकारी दिएपछि प्रहरीले सो स्थानबाट सामसुङ मोवाइल, नोकिया मोवाईल एक एक थान, नगद सात हजार चार सय, लत्ताकपडा, भाडाबर्तन लगायतका सामानहरु बरामद गरेको जनाएको छ ।
उनीहरुमाथी चोरी, लागु औषध तथा आगजनी मुद्दामा म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ