News Category 2074/04/09
नेवि संघद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर दुई लाख रकम क्षतिपूर्तीका लागि सरकारसँग माँग गर्ने
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
नेपाल विद्यार्थी संघ २ नम्बर प्रदेशको अयोजनामा आइतबार सप्तरीको बाढी प्रभाबित क्षेत्रमा बृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
जिल्लाको तिरहुत गाउँपालिकाको श्री आधारभुत राष्ट्रिय विद्यालय पिप्राही गोईठीमा संचालन भएका स्वास्थ्य शिविरमा तीन हजार बढी बाढी प्रभावित क्षेत्रका विरामीहरुलाई सेवा प्रदान गरिएको नेवि संघ सप्तरीले जनाएको छ ।
शिविरमा गजेन्द्रनरायण सिंह सगरमाथा अञ्चल अस्पताल, विपी कोईराला विज्ञान प्रतिष्ठान धरानका एक दर्जन कन्सलटेन्ट चिकित्यसकहरुले चेक जाच गरेर निःशुल्क औषधी समेत वितरण गरेको छ ।
स्वास्थ्य शिविरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रधामन्त्रीका राजनीतिक सल्लाहकार बिश्व प्रकाश शर्माले बाढी प्रभावितलाई स्वास्थ्य परिक्षण गरी स्वास्थ्य सेवा प्रदान गर्न जुनसुकै बेला पनि तयार रहेको बताउनु भयो । विरामीलाई सेवा प्रदान गर्न ६ लाख बरावरको औषधी उपलब्ध उपलब्ध गराई निःशुल्क वितरण गरेको उहाँले दाबी गर्नुभयो ।
यसैबीच बाढी पीडित परिवारलाई कम्बल, झुल र बालबालिकालाई स्टेशनरी प्रदान गर्नुका साथै प्रत्येक परिवारलाई दुई लाख क्षतिपूर्ती रकम उपलब्ध गराउनका सरकारसँग माँग गर्ने उहाँले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य शिविरमा नेवि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, नेवि संघका सहमहामन्त्री राजेश रौनियार, प्रदेश नं.२ का संयोजक संजय यादव, पुर्व महामन्त्री प्रतिमा गौतम, पूर्व केन्द्रीय सदस्य नन्दकिशोर यादव, नेवि संघ सप्तरीका जिल्ला सभापति घनानन्द यादव, सप्तरी क्षेत्र नं. २ का क्षेत्रिय सभापति बद्री प्रसाद महात्मान यादव, पूर्व जिल्ला सभापति घनश्याम यादव, गैसस लोकतान्त्रिक सप्तरीका अध्यक्ष अर्जुन यादव, युवा नेता कृष्णदेव यादप लगायतको शिविरमा उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ