News Category 2074/04/12
सप्तरीका देव र चौधरी बने मन्त्री, देउवा सरकारमा १९ मन्त्री थपिएपछि मन्त्रीमण्डलको संख्या २७ पुग्यो
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बुधबार १९ मन्त्री थपिएको छ । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय मन्त्रीमण्डल भएको छ ।
सो मन्त्रिमण्डलमा सप्तरीका दुई जना सांसद मन्त्री भएका छन् । नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेकपा संयुक्तकी मिथिला चौधरी जनसंख्या तथा वातावरण मन्त्री बनेकी छिन् । यी दुबै जना दोश्रो संविधानसभामा समानुपातिकबाट सभासद् भएका थिए ।
वर्तमान सरकारमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री भएपछि मन्त्रीमण्डल बिस्तार गरिएको हो । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् ।
यस्तै नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात, अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण, महेन्द्र यादव खानेपानी तथा सरसफाई, मीन विश्वकर्मा बाणिज्य, रामकृष्ण यादव कृषि, यज्ञबहादुर थापा कानुन, सञ्जय गौतम सिंचाई, राजन केसी युवा तथा खेलकुद मन्त्री, मीन विश्वकर्मा बाणिज्य र मोहन बस्नेत सूचना तथा संचार मन्त्री भएका छन् ।
यस्तै माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य, महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, सन्तकुमार थारु चौधरी पशुपन्छी विकास र आशा खनाल कोइराला महिला तथा बालबालिका मन्त्री भएका छन् ।
यसैगरि नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहित भूमिसुधार मन्त्री भएका छन् भने नेकपा संयुक्तकी मिथिला चौधरी जनसंख्या तथा वातावरण मन्त्री बनेकी छिन् ।
मुलुकको ४० औ प्रधानमन्त्रीमा निर्वा्चित भएको भोलिपल्ट जेठ २४ गते देउवाले कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमका १, १ जना उपप्रधानसहित ७ जना मन्त्री सहभागी गरेर मन्त्रिपरिषद् गठन गरेका थिए । कांग्रेसबाट गोपालमान श्रेष्ठ, माओवादीबाट कृष्णबहादुर महरा र फोरमबाट विजयकुमार गच्छदार उपप्रधानमन्त्री छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ