News Category 2074/04/12
उच्च अदालतद्वारा शिक्षा कार्यालयसहित ६१ जना विपक्षीमाथी कारण देखाउ आदेश
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
शिक्षक भर्ना तथा जिल्लान्तर सरुवा लगायतका अन्य सम्पुर्ण कामकाज कानुन विपरीत र पारदर्शी सूचना समेत नगरेको भन्दै अधिवक्ता पुण्य प्रसाद यादवले उच्च अदालत जनकपुर राजविराजमा विपक्षीको नाउँमा परमादेश आदेश मुद्दा दर्ता गराएका छन् ।
कानुन विपरीत र पादर्शी सुचना समेत नगरी एक आपसमा मिलोमतो गरी शिक्षक भर्ना तथा जिल्लान्तर सरुवा लगायतका कामकाज गरेको भन्दै अधिवक्ता यादवले जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला समन्वय समिति, जिल्ला शिक्षा कार्यालय, राजविराज नगरपालिका कार्यालय, कंचनरुप नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बसाईन नगरपालिकालगायत १७ वटै स्थानिय तहका कार्यालय र विभिन्न विद्यालयसहित ६१ जना विपक्षीहरुरको उपरमा मुद्दा दायर गरेका हुन् ।
यता उच्च अदालतले साउन १० गते नै विपक्षीहरुको नाउँमा कानुन बमोजिम गर्नु भनि सहितको कारण देखाउ आदेश गरेको अधिवक्ता यादवले जानकारी दिनुभयो ।
अधिवक्ता यादवले नेपालको वर्तमान संविधान अनुसार बाल विकास केन्द्र, पुर्व प्राथमिक, आधारभुत, माध्यमिक शिक्षा प्लस टु सम्मको शिक्षण संस्थाहरु समेत सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सुपरिवेक्षण, समन्वय, नियमन र निर्देशनमा रही संचालन हुँदै आएको व्यवस्था रहेपनि सो संवैधानिक एवं कानुनी व्यवस्थालाई जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित विभिन्न विद्यालयहरुले पालना नगरी कुनै पनि गाउँपालिका र नगरपालिकासँग समन्वय नगरी, एक अर्कालाई जानकारी समेत नगरी कानुन विपरीत तरीकाबाट कार्य गरेको भन्दै सो रिट दायर गरिएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ