News Category 2074/04/14
फोरम नेपालको बैठकमा पहाडी मूलका नेतामाथि खनिए मधेसी नेता
दैनिक समाचारदाता
काठमाडौं, १३ साउन ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक तीन दिनदेखि राजधानीमा चलिरहेको छ ।
बैठकमा चुनावी समिक्षा, भावी चुनावको रणनीति, संगठन सुदृढीकरण लगायतको एजेण्डामा छलफल भइरहेको छ । तर बैठकको रोचक पक्ष के छ भने पहाडी र मधेशी मूलका नेताहरुले फरक फरक धारणा राखेका छन् ।
पहाडी मूलका केन्द्रीय सदस्यहरुले चुनावमा गएर पार्टीले सही गरेको भनेका छन् भने मधेशतिरका केन्द्रीय सदस्यहरुले विना तयारी चुनावमा गएर गल्ती भएको धारणा राखेका छन् । यस्तै मधेसी मूलका नेताहरुले पहाडमा मत नआएको भन्दै आलोचना गर्दा पहाडी मूलका नेताहरुले भने संगठन निर्माणको आधार तयार भएको भन्दै बचाउ गरेका छन् ।
स्थानीय तहको चुनावमा फोरमलाई पहाडभन्दा मधेशमा बढी मत आएको छ । यहाँसम्म कि बैठकमा मधेशमा भएका पार्टीका पहाडी समुदायले पनि फोरम नेपाललाई मत नदिएको आरोप मधेसी मूलका केन्द्रीय सदस्यले लगाएका छन् ।
मधेश आन्दोलनबाट पार्टी स्थापना भएको फोरम नेपालले दोस्रो संविधानसभा चुनावपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेको थियो । आधार क्षेत्र मधेस रहेको सो एकीकृत पार्टीले पहाडमा संगठन विस्तार गरेपनि त्यसले पार्टीलाई खासै उपलब्धी नभएको टिप्पणीहरु पार्टी्भित्र हुन थालेको छ ।
एकतापछि बनेको २२९ जना केन्द्रीय कार्यसमितिमध्ये ११५ जना केन्द्रीय सदस्य पहाडी समुदायका रहेका छन् । तर चुनावमा खासै मत प्राप्त नभएको गुनासो नेताहरुले बैठकमै राखेका हुन् ।
फोरम नेपालले आन्दोलन गर्दा पनि पहाडमा प्रभाव देखाउन नसकेको गुनासो पार्टी्भित्र सुनिएको थियो ।
केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य जयराम यादवले पहाडबाट मत नआएको गुनासो गरेका थिए । स्रोतका अनुसार नेता यादवले पहाडमा संगठन छ भनेर पार्टी चुनावमा गएको भएपनि केहि परिणाम नआएको बताए ।
तर मत नआएपनि यो चुनावले संगठन निर्माण गर्ने वतावरण तयार गरेको दावी धनप्रसाद गुरुङ्गले गरेका थिए ।
पार्टीका महासचिव रणध्वज काङ्माङले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा भने अपेक्षाकृत मतपरिणाम ल्याउन नसकेपनि जोखिम मोलेर चुनावमा भाग लिन ठूलो कुरा भएको उल्लेख गरिएको रातोपार्टी अनलाइनमा जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ