News Category 2074/04/14
बाढी पीडित परिवारलाई विभिन्न संस्थाद्वारा राहत प्रदान एवं निशुल्क स्वास्थ्य शिविर
दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
गत असार १७ गते सप्तरीमा आएको बाढीका कारण पीडित भएकाहरुलाई राहत दिने कार्य जारि नै रहेको छ ।
सोही क्रममा एक संस्था र एक पार्टीले उनीहरुलाई राहत वितरण गरेको छ भने सासंद रन्जित कर्णको समन्वयमा निशुल्क स्वास्थ्य आयोजना गरिएको छ ।
राजविराज नगरपालिका वडा न. ९ कृष्णानगरका दलित, भुमिहिन, सुकुम्बासी तथा बाढी पीडित परिवारलाई हेल्फ नेपाल नेटवर्कको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा राहत वितरण गरिएको छ ।
त्यहाँका बाढी पीडित परिवार बिन्दी सदा र उनकी श्रीमतिलाई राहत स्वरुप त्रिपाल १ थान, थाल, गिलास, ढेक्ची, कराही, धोति, साडी, झुल, बेडसिट, खाद्यान्न लगायतका सामग्रीहरु वितरण गरीएको हो ।
संस्थाका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादवको अध्यक्षतामा आयोजित सो राहत वितरण समारोहमा समाजसेविद्धय सिताराम ठाकुर, अम्रिता साह सहितकाहरुको उपस्थितिमा राहत वितरण गरिएको हो ।
यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ३ स्थित साबिकको पोर्ताहा ७ महुली खोलाबाट प्रभावित एवम पीडित भएकालाई राहत बितरण गरिएको छ ।
महुली खोलामा आएको बाढीले बाँध भत्केपछि बाढिबाट पीडित भएका ८० घर परिवारलाई विवेकशिल साझा पार्टीले राहत बितरण गरिएको स्थानिय राजेन्द्र मिश्रले बताउनुभयो । सो पार्टीले प्रति पीडित परिवारलाई एउटा बाल्टी, ३ पैकेट चाऊचाऊ, ४ केजी चिउरा र लताकपडा लगायतका सामग्री बितरण गरिएको हो ।
पर्टीका तर्फबाट माधब कुमार, उमानन्द रजक, लगायत स्थानीय वासी र इलाका प्रहरी कार्यालय भारदह का सई भवानी ठाकुरको उपस्थितिमा सो राहत बितरण गरिएको थियो ।
यसैगरि बाढीबाट प्रभावित बिभिन्न ग्रामीण तथा स्थानिय जनतालाई लक्षित गरि सप्तरीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
सासंद रन्जीत कर्णको समन्वयमा आयोजित सो शिविरमा बाढिबाट प्रभावित १५ सय गरिब तथा बिपन्न वर्गका ब्यतिmहरुलाई स्वास्थ्य उपचार गराइएको थियो । सो शिविरमा निःशुल्क औषधि समेत बितरण भएको बताइएको छ ।
नोवेल मेडिकल कोलेज बिराटनगरद्वारा सप्तरीको सदरमुकाम राजविराजमा आयोजित सो शिविरमा सप्तरीको बिभिन्न खोला र नदिमा आएको बाढीले प्रभावित मैनाकडेरी, भेडिया, पोर्ताहा, भारदह, तिलाठी लगायतका ठाउँका बाढी पीडितहरुलाई निःशुल्क उपचार गराइएको नोवेल मेडिकल कोलेजका जनसम्पर्क अधिकृत नारायण दहालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ