News Category 2074/04/14
बाढी पीडित परिवारलाई विभिन्न संस्थाद्वारा राहत प्रदान एवं निशुल्क स्वास्थ्य शिविर
दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
गत असार १७ गते सप्तरीमा आएको बाढीका कारण पीडित भएकाहरुलाई राहत दिने कार्य जारि नै रहेको छ ।
सोही क्रममा एक संस्था र एक पार्टीले उनीहरुलाई राहत वितरण गरेको छ भने सासंद रन्जित कर्णको समन्वयमा निशुल्क स्वास्थ्य आयोजना गरिएको छ ।
राजविराज नगरपालिका वडा न. ९ कृष्णानगरका दलित, भुमिहिन, सुकुम्बासी तथा बाढी पीडित परिवारलाई हेल्फ नेपाल नेटवर्कको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा राहत वितरण गरिएको छ ।
त्यहाँका बाढी पीडित परिवार बिन्दी सदा र उनकी श्रीमतिलाई राहत स्वरुप त्रिपाल १ थान, थाल, गिलास, ढेक्ची, कराही, धोति, साडी, झुल, बेडसिट, खाद्यान्न लगायतका सामग्रीहरु वितरण गरीएको हो ।
संस्थाका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादवको अध्यक्षतामा आयोजित सो राहत वितरण समारोहमा समाजसेविद्धय सिताराम ठाकुर, अम्रिता साह सहितकाहरुको उपस्थितिमा राहत वितरण गरिएको हो ।
यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ३ स्थित साबिकको पोर्ताहा ७ महुली खोलाबाट प्रभावित एवम पीडित भएकालाई राहत बितरण गरिएको छ ।
महुली खोलामा आएको बाढीले बाँध भत्केपछि बाढिबाट पीडित भएका ८० घर परिवारलाई विवेकशिल साझा पार्टीले राहत बितरण गरिएको स्थानिय राजेन्द्र मिश्रले बताउनुभयो । सो पार्टीले प्रति पीडित परिवारलाई एउटा बाल्टी, ३ पैकेट चाऊचाऊ, ४ केजी चिउरा र लताकपडा लगायतका सामग्री बितरण गरिएको हो ।
पर्टीका तर्फबाट माधब कुमार, उमानन्द रजक, लगायत स्थानीय वासी र इलाका प्रहरी कार्यालय भारदह का सई भवानी ठाकुरको उपस्थितिमा सो राहत बितरण गरिएको थियो ।
यसैगरि बाढीबाट प्रभावित बिभिन्न ग्रामीण तथा स्थानिय जनतालाई लक्षित गरि सप्तरीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
सासंद रन्जीत कर्णको समन्वयमा आयोजित सो शिविरमा बाढिबाट प्रभावित १५ सय गरिब तथा बिपन्न वर्गका ब्यतिmहरुलाई स्वास्थ्य उपचार गराइएको थियो । सो शिविरमा निःशुल्क औषधि समेत बितरण भएको बताइएको छ ।
नोवेल मेडिकल कोलेज बिराटनगरद्वारा सप्तरीको सदरमुकाम राजविराजमा आयोजित सो शिविरमा सप्तरीको बिभिन्न खोला र नदिमा आएको बाढीले प्रभावित मैनाकडेरी, भेडिया, पोर्ताहा, भारदह, तिलाठी लगायतका ठाउँका बाढी पीडितहरुलाई निःशुल्क उपचार गराइएको नोवेल मेडिकल कोलेजका जनसम्पर्क अधिकृत नारायण दहालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ