News Category 2074/04/14
लठ्याउने औषधी खुवाएर चोरी गर्ने पाकिस्तानी महिला पक्राउ
दैनिक समाचारदाता
सुनसरी, १३ साउन ।
सुनसरीको ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दुई दिन देखी ईटहरी उप(महानगरपालिका ८ बस्ने २३ बर्षिया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तान इस्लामावाद बस्ने २५ बर्षिया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
पन्ध्र दिनकोलागी नेपाल घुम्न आएकी खालिदले बेलुका सुत्ने बेलामा चिया पिउन भनि चियामा लठ्याउने औषधी प्रयोग गरी रातको समयमा चोरी गरी फरार भएकी थिईन् ।
पक्राउ परेकी खालिदको साथबाट चोरी भएको मोबाइल ३ थान, १ तोला सुन, चाँदी २० तोला, नगद ७ हजार ५ सय रुपैँया फेलापारी बरामद गरेको छ ।
घट्नाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय ईटहरी र सिआरभी बसपार्कबाट खटिएको टोलीले खालिदलाई ईटहरी ६ स्थित बिरेन्द्र चौकबाट पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ