News Category 2074/04/15
सुख्खाग्रस्त जिल्लाको अध्ययन गर्न समिति गठनले किसानहरुलाई केही राहत हुने विश्वास
काठमाडौँ÷कृषि विकास मन्त्रालयले सुख्खाग्रस्त बनेका तराईका जिल्लाहरुको अध्ययन गर्न समिति गठन गरेको छ । कृषि विकासमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत रवीन्द्र सुवेदीको संयोजकत्वमा गठन समितिमा कृषि प्रसार निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत बेनुप प्रसाईं, कृषि विभागका वरिष्ठ बाली संरक्षण अधिकृत यामप्रसाद पौडेल र कृषि विकास आयोजना जनकपुरका अधिकृत प्रतिनिधि सदस्य रहेको मन्त्रालयले जनाएको छ ।
तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, बाँके, दाङलगायत जिल्लामा साउनको दोश्रो सातासम्म पनि पानी नपरेका कारण सुख्खा भएर धान रोपाइँ हुन सकेको छैन ।
ती जिल्लाका समस्या समाधान गर्न जिल्ला कृषि विकास कार्यालयका प्रमुखलाई सर्वदलीय तथा सर्वपक्षीय बैठक गर्न निर्देशन दिइएको छ । जिल्ला कार्यालयलाई समस्या समाधानका उपायबारे छलफल गरी तीन दिनभित्र कार्ययोजनासहितको सुझाव कृषि विभागमार्फत मन्त्रालयमा पठाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
मन्त्रालयको तत्कालीन, मध्यकालीन र दीर्घकालीन साेंचसहितको रुपरेखा बनाउन पनि कार्यदल गठन गरिएको छ । कार्यदलले जिल्ला कृषि विकास कार्यालयका प्रमुखसहित सरोकार भएका संस्थासँग समेत राय लिएर पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
यस्तै कार्यदल मन्त्रालयका प्रवक्ता कार्कीको संयोजकत्वमा सात सदस्यीय गठन गरिएको छ । कार्यदलमा कृषि तथा जलस्रोत समुत्थान आयोजनाका आयोजना प्रमुख राजेन्द्र मिश्र, कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख प्रकाश सन्जेल, केन्द्रीय बीउ उत्पादन केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले, कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा महादेव पौडेल, मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत इन्द्रहरि पौडेल र मन्त्रालयका कृषि अर्थविज्ञ विकास पौडेल सदस्य हुनुहुन्छ ।
यता वर्षा नभएपछि सप्तरीमा साउनको दोश्रो सातासम्म करिब ६५ प्रतिशत मात्र धान रोपाई भएको छ भने अझै ३५ प्रतिशत खेत बाँझै रहेका छन ।
कुल ७० हजार मध्ये ४५ हजार ५ सय हेक्टर खेति योग्य जमिनमा रोपाई भइसकेको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा सिंचाईको उचित व्यवस्था समेत नभएका कारण तथा आकाशे पानीको भरमा खेती गर्न बाध्य भएका किसानहरु पानी नपरेपछि थोरै मात्रामा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भगिरथ यादवले जानकारी दिनुभयो ।
यता साउनको दोश्रो सात्ता वितिसक्दा पनि पर्याप्त वर्षा नभएका कारण सप्तरीका किसानहरु सुख्खा खेतमै धान रोप्न बाध्य भएका छन् । खासगरी जिल्लाका पश्चिमी भेगका किसानहरु सुख्खा खेत जोत्दै आएका छन भने केही किसानहरुले मोटरबाट समेत पानी हालेर खेती गर्न बाध्य छन ।
समयमा पर्याप्त वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएका कारण रोपाइ हुन नसक्दा सप्तरीका किसानहरुले रोपेको धानको बिउँ (बेर्ना) लाई काटी पशु चौपायालाई खुवाईरहेका छन ।
यता स्थानीय किसानहरुले सप्तरीमा बर्षेनी सिंचाईको अभाव तथा पर्याप्त वर्षा नभएकै कारणले गर्दा खडेरी पर्ने प्रवल सम्भावना रहेकोले जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने माँग समेत गरिरहेको बेला सरकारी स्तरबाटै सुख्खाग्रस्त बनेका तराईका जिल्लाहरुको अध्ययन गर्न समिति गठन गरेको कार्यले किसानहरुलाई केही राहत हुने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ