News Category 2070/08/06
सप्तरीको ६ वटै क्षेत्रको मतगणना जारी
दैनिक संवाददाता
राजविराज, ५ मंसिर ।
दोश्रो संविधानसभा निर्वाचन मंगलबार सम्पन्न भएपछि बुधबार २ बजेपछि सप्तरीको ६ वटै क्षेत्रको मतगणना सुरु भएको छ ।
सप्तरीको बसबिट्टि गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा मतगणना सुरु भएको हो ।
प्राप्त मतगणनाको परिणाम अनुसार सप्तरी क्षेत्र नं. १ मा एमालेका सुमनराज प्याकुरेल ५४७, फोरम नेपालका सूर्यनाथ यादव ३२१, फोरम लोकतान्त्रिकका हेमराज तातेड् २९८, एमाओवादीका मानपुर चौधरी २२३ मत ल्याई क्रमशः पहिलो, दोश्रो, तेश्रो र चौथो स्थानमा रहेका छन् ।
यस्तै क्षेत्र नं. २ मा एमाओवादीका अशोक मण्डल १६४, फोरम नेपालका चन्द्रनारायण यादव १५३, सद्भावनाका नवलकिशोर साह १३२ क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।
यसैगरि सप्तरी क्षेत्र नं. ३ मा एनेकपा माओवादीका उम्मेदबार उमेश कुमार यादवले १६१८ मत प्राप्त गरि पहिलो स्थानमा रहेका छन् भने तमलोपाका जयप्रकाश ठाकुर ६७६ मत ल्याई दोश्रो स्थान, नेपाली काँग्रेसका उम्मेदबार रामकुमारचौधरी ६१३ मत ल्याई तेश्रो, फोरम नेपालका उम्मेदबार शैलेन्द्र प्रसाद साह ५४० चौथो स्थानमा रहेका छन् ।
यसैगरि सप्तरी क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदबार ताराकान्त चौधरी १८०९ मत, फोरम लोकतान्त्रिकका सत्यनारायण यादव ३९७, नेपाली काँग्रेसका दिनेश यादव ३८३ तथा एमाओवादीका कलामउद्दिन २१२ मत ल्याई क्रमशः पहिलो, दोश्रो, तेश्रो र चौथो स्थानमा रहेका छन् ।
यस्तै क्षेत्र नं. ५ मा नेकपा एमालेका गोबिन्द न्यौपाने ७००, नेपाली काँग्रेसका तेजुलाल चौधरी ५३३, फोरम लोकतान्त्रिकका छेदीलाल चौधरी २६२ मत प्राप्त गरि क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।
सप्तरी क्षेत्र नं. ६ मा एमाओवादीका छत्रनारायण यादव ४१०, नेपाली काँग्रेसका सुरेन्द्र यादव २६१, राप्रपाका उम्देश्वर साह २०८, दलित जनजाति पार्टीका मो. इस्लामले १८७ मत ल्याई क्रमशः पहिलो, दोश्रो, तेश्रो र चौथो स्थानमा रहेका छन् । यी सम्पूर्ण मतपरिणाम राती ११ बजेसम्मको रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ