News Category 2074/04/15
महिलाहरु मुढ़ा बनाएर घरमै बसेर मासिक राम्रो आम्दानी गर्दै
राजविराज÷घरमै सीमित रहने सप्तरीको वरही विरपुर गाविसका महिलाहरु अचेल बाँसको मुढा र ¥याक बनाएर मासिक राम्रो आम्दानी गर्दै आएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले महिलाहरुलाई बाँसको मुढा र ¥याक बनाउने सम्बन्धी २१ दिने सीपमुलक तालिम दिएपछि अचेल त्यहाँका महिलाहरु मुढा र ¥याक बनाएर राम्रो आम्दानी गर्दै आएक छन् ।
यसअघि सीप नहुँदा घरमै बसेर कुराकानी गरी समय विताउने त्यहाँका महिलाहरुलाई अहिले बासको मुढा र ¥याक बनाउनु बाहेक फुर्सद नै छैन् । सीप सिकेपछि अहिले घरको काम बाहेक फुर्सदको समयमा बाँसको मुढा र ¥याक बनाउनेदेखि फुर्सद नरहेको बताउँछिन् तालिममा सहभागी वरही विरपुर ७ की अनिता यादव ।
उनी अगाडी भन्छिन्, “यसअघि दिनभरी त्यतिकै समय एक आपसमा कुराकानी गरेर विताउँथे तर घरेलु तथा साना उद्योग कार्यालयले आफूहरुलाई सीपमुलक तालिम दिएपछि अहिले बाँसको मुढा र ¥याक बनाएर मासिक १० देखि २० हजारसम्म आम्दानी गर्दै आएकी छु ।” उनी भन्छिन्, “आफ्नै घरमा बास पर्याप्त मात्रामा रहेको र घरमै उत्पादित सामानले मुढा र ¥याक बनाएर गाउँटोलका साथै सदरमुकाम राजविराज तथा भारतको कुनौली बजारसम्म उत्पादित सामान विक्री वितरण गरी राम्रो आम्दानी गर्दै आएको छु ।”
उनीजस्तै दिनभरी समयलाई खेर गर्ने तालिममा सहभागी अर्का महिला मुनेश्वरी देवीलाई पनि हिजाओज बाँसको मुढा र ¥याक बनाउनदेखि फुर्सद छैन् । घरमै बसेर अहिले त्यहाँका महिलाहरु बाँसको मुढा र ¥याक बनाएर राम्रो आम्दानी गर्दै आएको छन् । वेरोजगार महिलाहरुाई सीप दिएर रोजगारमुखी बनाउन घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले आफूहरुलाई मुढा र ¥याकको तालिम दिएपछि आफूहरु मासिक राम्रो आम्दानी घरमै बसेर गर्दे आएकोमा खुशी व्यक्त गर्दै सहभागी पुनम देवी शर्माले घरेलुप्रति धन्यवाद समेत ज्ञापन गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ