News Category 2074/04/16
छाडा सुँगुर नियन्त्रण अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र छाडा रुपमा देखिने सुँगुर नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।
नगरवासीको ब्यापक गुनासो आएपछि छाडा सुँगुर नियन्त्रणको अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरी र युथ नेपाल सप्तरी लगायत बिभिन्न सरोकारबालाहरुसंग पटक पटक गरेको छलफल पश्चात् नगरपालिकाले सो अभियान सुरु गरेको निमित्त कार्यकारी अधिकृत उमेशकुमार यादवले जानकारी दिनुभयो । ्
यता अभियान सुरु गरिएपछि आइतबारसम्म २५ वटा सुँगुर मारिएको उहाँले जानकारी दिनुभयो । अभियानको नेतृत्व गरिरहेका सरसफाई इन्चार्ज रामकुमार यादवले पहिलो दिन एकैपटक ६ वटा सुँगुर मारिएको र त्यसपछि निरन्तर २÷३ वटाको दरले सुँगुर मार्ने क्रम जारी नै राखेको बताउनुभयो ।
छाडा सुँगुर मार्ने अभिायनमा लागेका कर्मचारीहरुले भने सुँगुर नियन्त्रणमा नआएसम्म अभियान जारी रहने वताएका छन् । अहिले वजार तथा सडकमा भेटिएका सुँगुरलाई समेत मारिने गरेको नगरपालिकाले जनाएको छ ।
अर्कोतर्फ नगरपालिकाको अगुवाईमा सञ्चालन भईरहेको यो अभियानले नगरमा छाडा सुँगुर र अन्य पशुचौपाया समेत नियन्त्रणमा लिने प्रयास भइरहेको कार्यकारी अधिकृत यादवले भन्नुभयो ।
यस्तै राजविराज नगरपालिकाले सुँगुर पालकसँग पनि सुँगुर नियन्त्रणका बारेमा छलफल गर्ने र सुँगुर नियन्त्रणका लागि नगरपालिकामा कान्जि हाउस समेत बनाएर १५ दिनसम्म सो कान्जी हाउसमा राखेर कोही सुँगुर लिन नआएको खण्डमा सुँगुर लिलाम पनि गर्ने प्रमुख यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ