News Category 2074/04/17
“राजपालाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र” बिखण्डनकारीलाई जन्माउने ठूला दल नै ः थापा
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेस र वर्तमान सरकार मधेशको मुद्दालाई समाधान गर्नतर्फ गम्भिर नरहेको आरोप लगाउनु भएको छ ।
स्थानिय तहको निर्वाचनका क्रममा पार्टीको प्रचार प्रसारका निम्ति सोमबार राजविराज आइपुग्नु भएका अध्यक्ष थापाले पत्रकार सम्मेलन गरि सो आरोप लगाउनु भएको हो ।
सरकारले मधेश केन्द्रित दल राजपालाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र गरिरहेको भन्दै अध्यक्ष थापाले सतारुढ राजनीतिक दलहरु राजनीतिक स्वार्थको कारणले गर्दा मधेशको मुद्दालाई समाधान नगरि र राजपालाई चुनावमा भाग लिन नदिने परिस्थितिमा रहेको अरोप लगाउनुभयो ।
उहाँले ठूला दलहरुको गलत नीति, अक्रमनीयता तथा जिद्दिका कारणले मधेशमा विखण्डनकारीहरुले आफ्नो गतिविधीलाई बिस्तार गरिरहेको भन्दै अध्यक्ष थापाले यस्ता गतिविधीलाई परास्त पार्न राजपालाई चुनावमा भाग लिन सरकारले वातावरण बनाउनु पर्ने आवश्यक रहेको बताउनुभयो ।
उहाँले मधेशमा सानो सुक्ष्म रुपमा रहेको विखण्डनकारी शक्तिलाई परास्त पार्न राजपालाई निर्वाचनमा सहभागि गराउनु पर्ने धारणा राख्दै रापप्राले मधेश मुद्दा समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
एक अर्को प्रसङगमा अध्यक्ष थापाले वर्तमान सरकारबाट निकट भविष्यमै समर्थन फिर्ता लिने बताउँदै यसका लागि पार्टी मिति र तिथिको पखाईमा रहेको जिकिर गर्नुभयो ।
राप्रपाले २ नं. प्रदेशको स्थानिय तहको निर्वाचनमा हिन्दु राष्ट्रको स्थापना, मधेशको अधिकार र पहिचानको संरक्षण र सम्वद्र्धन र समग्र आर्थिक विकासलाई मुख्य एजेण्डको रुपमा लिएर जनता माँझ लैजाने उहाँले बताउनुभयो ।
अध्यक्ष थापाले आउँदो दिनमा ७ सय ४४ वटै स्थानिय तहमा हिन्दु राष्ट्र जनजागरण अभियानको आयोजना गर्ने र संविधान संशोधनमार्फत धर्मनिरपेक्ष राज्यको खारेजी तथा मुलुकमा हिन्दु राष्ट्रको पुर्नस्थापना गराउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ