News Category 2074/04/17
मरिक बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मानित
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका २ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) लाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मानित गरिएको छ ।
राजविराजमा सोमबार आयोजित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानवअधिकार पुरस्कार’ कार्यक्रममा युक्तिलाल मरिकलाई डोम जातीको मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएवापत पुरस्कार स्वरुप तीन हजार एक सय पाँच रूपैयाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिएको हो ।
डोमलाई कार्यक्रमका प्रमुख अतिथी इन्सेक पुर्वाञ्चल संयोजक सोमराज थापाले कदरपत्र, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दोसल्ला र कोषका अध्यक्ष बैद्यनाथ झाले नगद पुरस्कार प्रदान गर्नुभयो ।
दुई दशकदेखि गरीब, असहाय, दलित, महिला, अल्पसंख्यक र भुमिहिनहरुको उत्पीडन विरुद्ध कटिबद्ध भई सामाजिक कार्यमा सक्रिय युक्तिलाल मरिक दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातीको आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित छन् ।
डोम उत्थान समाजका राष्ट्रिय अध्यक्ष स्नातक उत्तिर्ण डोम वि.स. २०५६ देखि डोम जातीको भुमि तथा कृषि अधिकार, दलित सशक्तिकरण र सिनो बहिष्कार आन्दोलन, जातिय छुवाछुत र घर उठीवास विरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलहरुमा डोम समुदायको प्रवेश खुल्ला गराउन निरन्तर क्रियाशिल छन् ।
कोषका अध्यक्ष बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कटवाल, प्रहरी उपरिक्षक मुकेशकुमार सिंह, राजविराज लायन्स क्लबका अध्यक्ष शंकर शारडा, ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरी भट्टराई, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष रामनरेश सिंह, पत्रकार अनिलकुमार अनल लगायतले विभेदको अन्त्य गर्न मानवअधिकार अभियानलाई निरन्तर जारी राख्नुपर्ने बताउनु भयो ।
इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलद्वारा सञ्चालित तथा कोषका सदस्य माला कर्णद्वारा स्वागत गरिएको कार्यक्रममा सञ्चारकर्मी, अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
थाइ एयरबसको विमान ०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा दुर्घटना हुँदा निधन हुनुभएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा मानवअधिकार तथा नागरिक आन्दोलनमा सक्रिय व्यक्तिलाई पुरस्कृत गरिने कोषले जनाएको छ ।
राजविराज नगरपालिका ७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरेको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको साउन १५ गतेको बैठकले दोस्रोपटक डोमलाई सम्मानित गर्ने निर्णय गरेको थियो । यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागारिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिने कोषले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ