News Category 2074/04/17
मरिक बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मानित
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका २ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) लाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मानित गरिएको छ ।
राजविराजमा सोमबार आयोजित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानवअधिकार पुरस्कार’ कार्यक्रममा युक्तिलाल मरिकलाई डोम जातीको मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएवापत पुरस्कार स्वरुप तीन हजार एक सय पाँच रूपैयाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिएको हो ।
डोमलाई कार्यक्रमका प्रमुख अतिथी इन्सेक पुर्वाञ्चल संयोजक सोमराज थापाले कदरपत्र, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दोसल्ला र कोषका अध्यक्ष बैद्यनाथ झाले नगद पुरस्कार प्रदान गर्नुभयो ।
दुई दशकदेखि गरीब, असहाय, दलित, महिला, अल्पसंख्यक र भुमिहिनहरुको उत्पीडन विरुद्ध कटिबद्ध भई सामाजिक कार्यमा सक्रिय युक्तिलाल मरिक दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातीको आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित छन् ।
डोम उत्थान समाजका राष्ट्रिय अध्यक्ष स्नातक उत्तिर्ण डोम वि.स. २०५६ देखि डोम जातीको भुमि तथा कृषि अधिकार, दलित सशक्तिकरण र सिनो बहिष्कार आन्दोलन, जातिय छुवाछुत र घर उठीवास विरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलहरुमा डोम समुदायको प्रवेश खुल्ला गराउन निरन्तर क्रियाशिल छन् ।
कोषका अध्यक्ष बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कटवाल, प्रहरी उपरिक्षक मुकेशकुमार सिंह, राजविराज लायन्स क्लबका अध्यक्ष शंकर शारडा, ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरी भट्टराई, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष रामनरेश सिंह, पत्रकार अनिलकुमार अनल लगायतले विभेदको अन्त्य गर्न मानवअधिकार अभियानलाई निरन्तर जारी राख्नुपर्ने बताउनु भयो ।
इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलद्वारा सञ्चालित तथा कोषका सदस्य माला कर्णद्वारा स्वागत गरिएको कार्यक्रममा सञ्चारकर्मी, अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
थाइ एयरबसको विमान ०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा दुर्घटना हुँदा निधन हुनुभएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा मानवअधिकार तथा नागरिक आन्दोलनमा सक्रिय व्यक्तिलाई पुरस्कृत गरिने कोषले जनाएको छ ।
राजविराज नगरपालिका ७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरेको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको साउन १५ गतेको बैठकले दोस्रोपटक डोमलाई सम्मानित गर्ने निर्णय गरेको थियो । यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागारिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिने कोषले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ