News Category 2074/04/18
दलित एवं भूमिअधिकार आन्दोलनका अगुवा बलदेव रामको निधन
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
दलित एवं भूमिअधिकार आन्दोलनका अगुवा बलदेव रामको मंगलबार सप्तरीको मधुपटीस्थित घरमा निधन भएको छ ।
२०५६ सालमा सप्तरी र सिरहामा भएको चमार जातिको सिनो बहिष्कार आन्दोलनका अगुवा बलदेवको मंगलबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो ।
केही दिन अघि हृदयघातबट पीडित भएका बलदेवको निधनले दलित र भूमिहीन आन्दोलनलाई अपुरणीय क्षति भएको अधिकारकर्मीहरुले बताएका छन् ।
सप्तरी जिल्ला मधुपट्टीमा जन्मिएका राम लामो समयदेखि दलित अधिकारको पक्षमा संघर्षरत थिए । मोही अधिकारको लागि संघर्ष गर्दै आएका उनी आफैं मोही थिए ।
भारतको प्रशिद्ध डा. भीमराव अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित बलदेव एकदर्जन भन्दा बढी राष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित थिए । गत वर्ष मात्र उनी बैद्य—प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित भएका थिए ।
युवा अवस्थादेखि नै दलित मुक्तिका लागि लागेर २०५६ को ज्याला वृद्धिको आन्दोलन, निःशुल्क शिक्षाका लागि आवाज उठाउने, २०५८ को सिनो बहिष्कार आन्दोलनको अगुवाई, २०६० देखि हरुवाचरुवाको अधिकार, हलिया मुक्ति, भूमिहीनका लागि व्यवस्थित बसोबासको व्यवस्था हेतुले अनवरत आवाज उठाउँदै आएका थिए ।
२०६१ सालमा उनी राष्ट्रिय भूमिअधिकार मञ्चको संस्थापक अध्यक्ष भएर भूमिअधिकार आन्दोलनलाई देशव्यापी बनाउन अग्रणी भूमिका खेलेका थिए । उनी २०६५ सालमा गठित भूमि आयोगका सदस्य समेत भएका थिए । उनको श्रीमती, ३ छोरी र २ छोरा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ