News Category 2070/08/08
सप्तरीमा दुई एमाओवादी, दुई का“ग्रेस र एक एमाले उम्मेदबार विजयी
दैनिक संवाददाता
राजविराज, ७ मंसिर ।
सप्तरीको ६ मध्ये ५ वटा क्षेत्रमा भएको मतगणनाको नतिजा सार्वजनिक भएको छ भने क्षेत्र नं. २ को मतगणना स्थगित रहेको छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार जिल्लाको दुई क्षेत्रमा एमाओवादी, दुईमा काँग्रेस र एक स्थानमा नेकपा एमालेका उम्मेदबार बिजयी भएको छ ।
सप्तरीको क्षेत्र न. १ र ३ मा नेकपा एमाओवादी, ४ मा नेकपा एमाले र क्षेत्र नं. ५ र ६ मा नेपाली काँग्रेसका उम्मेदबारहरु बिजयी भएका हुन् ।
प्राप्त मतगणनाको परिणाम अनुसार सप्तरी क्षेत्र नं. १ मा एमाओवादीका मानपुर चौधरीले ९८४४ मत ल्याई बिजयी हुनु भएको छ भने उनका निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमनराज प्याकुरेलले ८२४२ मत प्राप्त गर्नुभयो । त्यस्तै तेश्रो स्थानमा फोरम लोकतान्त्रिकका हेमराज तातेड्ले ५५४९ मत ल्याउनुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालबाट हेमराज तातेड् बिजयी हुनुभएको थियो ।
यस्तै क्षेत्र नं. ३ मा एमाओवादीका उमेश कुमार यादवले ८७४६ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम नेपालका शैलेन्द्र प्रसाद साहले ६४८७ मत प्राप्त गर्नुभयो । तेश्रो स्थानमा तमलोपाका जयप्रकाश ठाकुरले ४५५३ मत प्राप्त गर्नुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा सद्भावना पार्टीका तर्फबाट महेश कुमार यादव बिजयी हुनुभएको थियो ।
यसैगरि सप्तरी क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदबार ताराकान्त चौधरीले ८२१७ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कुमार यादवले ६९८४ मत प्राप्त गर्नुभयो । फोरम लोकतान्त्रिकका सत्यनारायण यादवले ४३९६ मत ल्याई तेश्रो स्थान प्राप्त गर्नुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालकी रेणु कुमारी यादव बिजयी हुनुभएको थियो ।
यस्तै क्षेत्र नं. ५ मा नेपाली काँग्रेसका तेजुलाल चौधरीले ७९५९प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँको निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका गोबिन्द न्यौपानेले ७६६३ मत ल्याउनुभयो । फोरम लोकतान्त्रिकका छेदीलाल चौधरीले ६४२३ मत प्राप्त गरि तेश्रो स्थानमा रहनुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा स्वतन्त्र उम्मेदबार सदरुल मियाँ हक बिजयी हुनुभएको थियो ।
यस्तै सप्तरी क्षेत्र नं. ६ मा नेपाली काँग्रेसका सुरेन्द्र यादवले ५८८३ मत ल्याई बिजयी हुनु भएको छ । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका मृगेन्द्र कुमार सिंह यादवले ५६२३ मत प्राप्त गर्नुभयो । दलित जनजाति पार्टीका मो. इस्लामले ५१५६ मत ल्याई तेश्रो स्थानमा रहनुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालका मृगेन्द्र कुमार सिंह यादव बिजयी हुनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ