News Category 2074/04/18
संविधान संशोधनमा एमाले ठूलो बाधक ः श्रम मन्त्री मन्सुर
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
श्रम तथा रोजगार मन्त्री फरमुला मन्सुरले संविधान संशोधनका विषयमा एमाले नै ठूलो बाधक रहेको आरोप लगाउनुभएको छ ।
नेपाली काँग्रेस सप्तरीले मंगलबार आयोजना गरेको पार्टी कार्यकर्ताहरुसँग भेटघाटका क्रममा मन्त्री मन्सुरीले संविधान जारि गर्दाको समयमा काँग्रेसले नै जारि संविधानमा संशोधन आवश्यक रहेकोले समयको माँग अनुसार संशोधन गर्न सकिने बताएको बेला एमाले र माओवादी साक्षी रहदा समेत अहिले एमालेले संशोधन राष्ट्रघाती भन्नु हास्यास्पद रहेको जिकिर गर्नुभयो ।
उहाँले मधेशी जनता कांग्रेसका पक्षमा रहेको दावी गर्दै तेश्रो चरणको स्थानीय तहको निर्वाचनपछि कांग्रेस पहिलो राजनीतिक शक्ति वन्ने दाबी समेत गर्नुभयो ।
मधेशको हक अधिकार र पहिचानका लागि कांग्रेस सदैव अग्र पंक्तिमा रहि भुमिका निर्वाह गरेकै कारण मधेश कांग्रेसको उदगम स्थल भएको दावी गर्दै उहाँले मधेशको समस्या समाधान र संविधान कार्यान्वयन यी दुवै काम पनि कांग्रेसले नै पुरा गर्ने दृढता व्यक्त गर्नुभयो ।
एमाले नेताहरुले पटक पटक मधेश र मधेशी विरुद्ध अपमानजनक शब्द र अभिब्यक्ति दिएको उल्लेख गर्दै उहाँले अपमानको वदला मत पेटिका मार्फत सार्वजनिक हुने ठोकुवा गर्नुभयो ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका सचिव रामकुमार यादव समेतले बोल्नु भएको थियो । सो कार्यक्रममा काँग्रेसमा क्षेत्रिय सभापतिहरु, नगर सभापति लगायत सक्रिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ