News Category 2074/04/18
संविधान संशोधनमा एमाले ठूलो बाधक ः श्रम मन्त्री मन्सुर
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
श्रम तथा रोजगार मन्त्री फरमुला मन्सुरले संविधान संशोधनका विषयमा एमाले नै ठूलो बाधक रहेको आरोप लगाउनुभएको छ ।
नेपाली काँग्रेस सप्तरीले मंगलबार आयोजना गरेको पार्टी कार्यकर्ताहरुसँग भेटघाटका क्रममा मन्त्री मन्सुरीले संविधान जारि गर्दाको समयमा काँग्रेसले नै जारि संविधानमा संशोधन आवश्यक रहेकोले समयको माँग अनुसार संशोधन गर्न सकिने बताएको बेला एमाले र माओवादी साक्षी रहदा समेत अहिले एमालेले संशोधन राष्ट्रघाती भन्नु हास्यास्पद रहेको जिकिर गर्नुभयो ।
उहाँले मधेशी जनता कांग्रेसका पक्षमा रहेको दावी गर्दै तेश्रो चरणको स्थानीय तहको निर्वाचनपछि कांग्रेस पहिलो राजनीतिक शक्ति वन्ने दाबी समेत गर्नुभयो ।
मधेशको हक अधिकार र पहिचानका लागि कांग्रेस सदैव अग्र पंक्तिमा रहि भुमिका निर्वाह गरेकै कारण मधेश कांग्रेसको उदगम स्थल भएको दावी गर्दै उहाँले मधेशको समस्या समाधान र संविधान कार्यान्वयन यी दुवै काम पनि कांग्रेसले नै पुरा गर्ने दृढता व्यक्त गर्नुभयो ।
एमाले नेताहरुले पटक पटक मधेश र मधेशी विरुद्ध अपमानजनक शब्द र अभिब्यक्ति दिएको उल्लेख गर्दै उहाँले अपमानको वदला मत पेटिका मार्फत सार्वजनिक हुने ठोकुवा गर्नुभयो ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका सचिव रामकुमार यादव समेतले बोल्नु भएको थियो । सो कार्यक्रममा काँग्रेसमा क्षेत्रिय सभापतिहरु, नगर सभापति लगायत सक्रिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ