News Category 2074/04/19
मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकता बनाउनेहरुको संख्यामा बृद्धी
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले साउन १ देखि ३२ गतेसम्म उमेर पुगेका र छुटेका मतदाताहरुका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न समय दिएपछि सप्तरीमा अहिले नागरिकता बनाउनेहरुको घुँइचो लागेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिनहुँ १ सय २५ जना बढीले नयाँ नागरिकता बनाउन आवेदन दिइरहेको सो कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाका अनुसार निर्वाचन आयोगले छुटेका मतदाताहरुका लागि नाम दर्ता गराउने समय दिएपछि एक हप्तादेखी नागरिकता बनाउनेहरुको संख्या ह्वातै बढेको बताउनुभयो ।
यता जिल्ला निर्वाचन कार्यालय सप्तरीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको दिनहँु भिंड बढ्दै गएको छ । निर्वाचन आयोगले सुरुमा साउन १ देखी १५ गतेसम्म जिल्लास्थित निर्वाचन कार्यालयमा मात्र नाम दर्ता गराउने समय दिएकोले सो समयअवधीमा सप्तरीमा करिब ३ हजार जनाले आफ्नो नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश कुमार ठाकुरले दिएको जानकारी अनुसार साउन १ देखी १५ गतेसम्ममा पुरुष १ हजार ८ सय १३ र महिला १ हजार १ सय १८ गरि जम्मा २ हजार ९ सय ३१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
यस्तै निर्वाचन आयोगले पुनः साउन १६ देखी ३२ सम्म जिल्लास्थित सम्पूर्ण स्थानिय तहका कार्यालयहरुमा नाम दर्ता गराउन भनेपछि सप्तरीको १७ वटै स्थानिय तहका कार्यालयबाट ३ सय ४ जना पुरुष र १ सय ६३ जना महिला गरि ४ सय ६७ जनाले नाम दर्ता गराइसकेका छन् ।
यता मतदाताहरुको सुविधाका लागि निर्वाचन कार्यालय सप्तरीले कार्यालय समय भन्दा एक घण्टा अगाडी र एक घण्टा पछाडी अर्थात शुक्रबार बाहेक अरु दिन बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म नाम दर्ता गराउन सक्ने प्रावधान मिलाएको छ ।
शुक्रबार बिहान ९ बजेदेखी ४ बजेसम्म र सार्वजनिक विदाको दिन पनि बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म मतदाता नामावली संकलन कार्य जारि रहने जिल्ला निर्वाचन प्रमुख ठाकुरले बताउनुभयो । यसका लागि जिल्ला निर्वाचन कार्यालयमा कार्यालयमा दुई जना कम्प्युटर अपरेटर खटाएको छ ।
यसअघि निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाका लागि स्थायी ठेगाना भएका मतदाताहरुले सोही स्थानबाट पुगेर नाम दर्ता गराउने प्रावधानलाई हटाएर अब जुनसुकै जिल्लाको निर्वाचन कार्यालयबाट मात्र आफ्नो जिल्लाका लागि नाम दर्ता गराउने सक्ने प्रावधान राखेको निर्वाचन प्रमुख ठाकुरले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ