News Category 2074/04/19
झण्डै ५० प्रतिशत एमआरपी बनाउनेको संख्यामा कमी
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीबाट एमआरपी बनाउनेहरुको संख्यामा गत वर्ष भन्दा यस वर्ष कम बनेको छ ।
जिल्ला प्रशासान कार्यालय सप्तरीले दिएको तथ्याङ्क अनुसार सप्तरीबाट आर्थिक वर्ष २०७३ साउनदेखी २०७४ असार मसान्तसम्म १० हजार ७६ जनाले एमआरपी लिएका छन् ।
यो तथ्याङक विगत दुई वर्षको तुलनामा झण्डै ५० प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७२÷२०७३ असार मसान्तसम्ममा १३ हजार ४ सय ९५ तथा आर्थिक वर्ष २०७१÷२०७२ मा करिब १९ हजारले एमआरपीकालागि आवेदन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका एमआरपी फाँटका प्रमुख नासु तोम प्रसाद दाहालले एमआरपी लिनेहरुमा कमी आउनेको मुख्य कारण आन्दोलन नै रहेको बताउनुहुन्छ । उहाँले यस बाहेक विगतमा हस्तलिखित राहदानी लिएकाहरुले अनिवार्य रुपमा एमआरपी बनाइसकेकोले पनि अहिले एमआरपी लिनेहरुमा कमी आएको बताउनु हुन्छ ।
यस्तै नासु दाहालले एमआरपी बनाउनेहरुमा १० प्रतिशत विद्यार्थी, १० प्रतिशत आफन्तलाई भेट्न विदेश जानेहरु तथा हज यात्रीहरु तथा ८० प्रतिशत बैदेशिक रोजगारीमा जानेहरु नै रहेको बताउहुन्छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साधारणतर्फ ७ हजार ७ सय २३ र द्रुत सेवा अन्तरगत २ हजार ३ सय ५३ जनाले एमआरपी बनाएका छन् । साधारण तर्फ रु. ५ हजार र दु्रत सेवा अन्तरगत रु. १० हजार लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा अहिले एमआरपीकालागि आवेदन दिनेको संख्या दैनिक ३० देखी ४० सम्मको हाराहारीमा रहेको छ ।
बढ्दो बेरोजगारी तथा जिल्लामा उद्योग कलकारखाना नरेहकोले रोजगारीका लागि युवाहरु बिदेशिने गरेका छन् । एमआरपी बनाउनेहरु प्राय गरि १८ देखी ३५ वर्षसम्मका यूवा युवतीहरु रहेका छन् भने त्यसमा पनि बढी १८ सम्मका यूवाहरु रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ