News Category 2074/04/19
राजबिराज नगरपालिकालाई नमुना शहर बनाउने प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
संघीय समाजवादी फोरम नेपालबाट राजबिराज नगरपालिकाका लागि प्रस्ताबित प्रमुखका उम्मेदवार भिमराज यादबले राजबिराज नगरपालिकालाई देशकै नमुना शहरको रुपमा बिकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
संघीय समाजवादी फोरम नेपाल राजबिराज नगरपालिका वडा नम्बर १३ द्वारा बुधबार राजबिराजमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो प्रतिबद्धता जनाउनु भएको हो ।
यादबले नगरपालिकाको सबै सडकलाई कालोपत्रे गर्ने, बिद्युत, पानी लगायतका जनताको आधारधुत आबश्यतालाई प्रथामिकतामा राखी राजबिराज नगरपालिकालाई नमुना नगरको रुपमा बिकास गर्ने उल्लेख गर्नुभयो ।
मुलुककै जेठो नगरपालिकाको रुपमा रहेपनी अपेक्षित बिकास हुन नसकेको बताउदै उहाँले राजबिराज नगरपालिकामा भएको फोहरमैला ब्यबस्थापन, बृक्षा रोपन गरी हराभार बनाई समृद्ध शहर बनाउने लक्ष्य जिकिर गर्नुभयो ।
यसैगरी फोरम नेपालकै तर्फबाट प्रस्तावित उपप्रमुखका उम्मेदवार किरण साहले सामाजिक सुरक्ष भत्ता बृद्धी गरी तेब्बर बनाउने, सुत्केरी भत्ता बढाउने, लक्षित समुहको बजेटलाई निरन्तरता दिई पछाडी पारिएका समुदायको बिकस गर्ने लक्ष्य रहेको बताईन ।
संघीय समाजवादी फोरम नेपाल राजबिराज नगरपालिका वडा नम्बर १३ का अध्यक्ष श्पामसुन्दर यादबको अध्यक्षता तथा तराई मधेश प्रदेश नम्बर २ का सदस्य यूसुफ अलिको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रिय सल्लाहकार सुमन चौधरी, जिल्ला सदस्य अरुण कुमार यादब, नेता बद्री यादब, महिला नेतृ सुमित्रा यादबलगायतकाले स्थानीय तहमा मधेशी, आदिबासी, मुश्लिम, दलित समुदायको अधिकार सुनिश्चितताको लागी पार्टीको जित आबश्यक रहेको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ