News Category 2074/04/20
आईडियलको १ करोड ४० लाख मुनाफा
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
आईडियल सहकारी संस्था लिमिटेड राजविराजले स्थापना भएको १८ औं वर्ष पुरा गरि १९ औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा वक्ताहरुले संस्थाको प्रगती र सहकारी क्षेत्रमा पु¥याएको योगदान बारे चर्चा गरेका छन् । वक्ताहरुले मुलुकमा सहकारीप्रतिको विश्वास जनतामा बढ्दै गएको अवस्थामा सहकारी संस्थाहरुले आफ्नो साखलाई जोगाउन अझ प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
सप्तरी जिल्लामा करिब ५ सयको हाराहारीमा सहकारी संस्थाहरु रहेकोमा एक सयको संख्यामा मात्र सहकारीहरुले आफ्नो नियमित कार्य संचालन गरिरहेकोप्रति दुःख व्यक्त बाँकी रहेका सहकारीहरुलाई आफ्नो नियमित कार्य संचालन गर्नुपर्ने वक्ताहरुले सुझाव समेत दिएका छन् ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष आशले संस्थाको प्रगति, कार्य र उद्देश्य र लक्ष्यबारे आफ्नो अध्यक्ष्य प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा संस्थाको हाल ३ करोड २९ लाख ६८ हजार ४ सय शेयर पुँजी पुगेको उल्लेख गर्दै संस्थाले आ.ब. २०७३÷७४ मा १ करोड ४० लाख मुनाफा गरेको जनाइएको छ ।
यस्तै संस्थाले शेयर सदस्यहरुको सहुलियतका लागि सामाजिक संजाल र विद्युतिय सेवामा पनी आफ्नो पहुँच बढाएको प्रतिवेदनमा उल्लेख छ । खाताधारीलाई एप्स मार्फत मोवाइल रिर्चाज, ल्यान्डलाइनको भुक्तानी, डिसहोम रिचार्ज, बिजुली बिल भुक्तानी, इन्टरनेट रकमको भुक्तानी लगायतको सुविधा उपलब्ध गराएको जनाइएको छ । यसैगरि संस्थाले विपन्न वर्गका लागि लघु वित्त कार्यक्रम संचालन गरेको छ भने त्यस्ता क्षेत्र, वर्ग र समुदायमा आफ्नो कारोबार र सेवा पु¥याउने अभियान संचालन गर्दै आएको प्रतिवेदनमा अध्यक्ष आशले उल्लेख गर्नुभएको छ । प्रतिवेदनमा मलेठ घटनाका पाँच जना सहिद परिवारलाई रु. १५ हजारको दरले आर्थिक सहयोग प्रदान गरेको, सप्तरी युथ नेपालका ५१ युवाहरुलाई टिसर्ट प्रदान गरेको समेत उल्लेख छ ।
संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा तथा राष्ट्रिय सहकारी बैंकका सीइओ जेपी उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराज शाखाका संचालक समिति अध्यक्ष विश्वनाथ मण्डल, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, समाजसेवी हासिम अंसारी, सहकारी संघ सप्तरीका सचिव रमेश गुप्ता, ग्लोबल सहकारीका संस्थापक अध्यक्ष सुखराम यादव लगायतका वक्ताहरुले संस्थाको प्रगतीका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा संस्थालाई विशेष योगदान पु¥याउने मो. हबिबुल, सतिश सिंह र आयुष श्रेष्ठलाई मायाको चिनो प्रदान गरेर अध्यक्ष आशले सम्मान समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ