News Category 2074/04/20
आईडियलको १ करोड ४० लाख मुनाफा
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
आईडियल सहकारी संस्था लिमिटेड राजविराजले स्थापना भएको १८ औं वर्ष पुरा गरि १९ औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा वक्ताहरुले संस्थाको प्रगती र सहकारी क्षेत्रमा पु¥याएको योगदान बारे चर्चा गरेका छन् । वक्ताहरुले मुलुकमा सहकारीप्रतिको विश्वास जनतामा बढ्दै गएको अवस्थामा सहकारी संस्थाहरुले आफ्नो साखलाई जोगाउन अझ प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
सप्तरी जिल्लामा करिब ५ सयको हाराहारीमा सहकारी संस्थाहरु रहेकोमा एक सयको संख्यामा मात्र सहकारीहरुले आफ्नो नियमित कार्य संचालन गरिरहेकोप्रति दुःख व्यक्त बाँकी रहेका सहकारीहरुलाई आफ्नो नियमित कार्य संचालन गर्नुपर्ने वक्ताहरुले सुझाव समेत दिएका छन् ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष आशले संस्थाको प्रगति, कार्य र उद्देश्य र लक्ष्यबारे आफ्नो अध्यक्ष्य प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा संस्थाको हाल ३ करोड २९ लाख ६८ हजार ४ सय शेयर पुँजी पुगेको उल्लेख गर्दै संस्थाले आ.ब. २०७३÷७४ मा १ करोड ४० लाख मुनाफा गरेको जनाइएको छ ।
यस्तै संस्थाले शेयर सदस्यहरुको सहुलियतका लागि सामाजिक संजाल र विद्युतिय सेवामा पनी आफ्नो पहुँच बढाएको प्रतिवेदनमा उल्लेख छ । खाताधारीलाई एप्स मार्फत मोवाइल रिर्चाज, ल्यान्डलाइनको भुक्तानी, डिसहोम रिचार्ज, बिजुली बिल भुक्तानी, इन्टरनेट रकमको भुक्तानी लगायतको सुविधा उपलब्ध गराएको जनाइएको छ । यसैगरि संस्थाले विपन्न वर्गका लागि लघु वित्त कार्यक्रम संचालन गरेको छ भने त्यस्ता क्षेत्र, वर्ग र समुदायमा आफ्नो कारोबार र सेवा पु¥याउने अभियान संचालन गर्दै आएको प्रतिवेदनमा अध्यक्ष आशले उल्लेख गर्नुभएको छ । प्रतिवेदनमा मलेठ घटनाका पाँच जना सहिद परिवारलाई रु. १५ हजारको दरले आर्थिक सहयोग प्रदान गरेको, सप्तरी युथ नेपालका ५१ युवाहरुलाई टिसर्ट प्रदान गरेको समेत उल्लेख छ ।
संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा तथा राष्ट्रिय सहकारी बैंकका सीइओ जेपी उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराज शाखाका संचालक समिति अध्यक्ष विश्वनाथ मण्डल, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, समाजसेवी हासिम अंसारी, सहकारी संघ सप्तरीका सचिव रमेश गुप्ता, ग्लोबल सहकारीका संस्थापक अध्यक्ष सुखराम यादव लगायतका वक्ताहरुले संस्थाको प्रगतीका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा संस्थालाई विशेष योगदान पु¥याउने मो. हबिबुल, सतिश सिंह र आयुष श्रेष्ठलाई मायाको चिनो प्रदान गरेर अध्यक्ष आशले सम्मान समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ