News Category 2074/04/27
२ नं. प्रदेशमा फोरम पहिलो पार्टी बन्छ ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले २ नं. प्रदेशमा हुने स्थानिय तहको निर्वाचनमा फोरम पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीद्वारा बिहीबार राजबिराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।
मधेशी जनताको अधिकार सुनिश्चितताको लागी फोरम नेपाल संर्घषरत रहेको उल्लेख गदै अध्यक्ष यादवले पार्टीप्रति मधेशी जनताको बिश्वास र सद्भावले मधेशको आठ जिल्लामा पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
सरकार र मधेशी बिरोधी शक्तीहरुको चलखेलले गर्दा मधेशमा निर्वाचन हुननसकेको भन्दै उहाँले चुनाव नगराउदा मधेशलाई ठूलो क्षती पुगेको जिकिर गर्नुभयो । बिखण्डनकारी शक्तीहरुले साम्प्रदायिक सद्भाव भड्काउन चाहने योजनाकारहरु सलबलाउन थालेको प्रष्ट पार्दै अध्यक्ष यादबले फोरम एउटै नेपाल भित्र मधेशसहितको राज्यको पक्षमा रहेको स्पष्ट पार्नभयो ।
केन्द्रिकृत राज्यसत्ता र शासन सदियौदेखी बिभेद र उत्पीडनमा परिएका जनतालाई हस्तान्तरण गर्न चाहेको बताउँदै उहाँले कठित सामान्ती शासकहरुले आमउत्पीडीत समुदायलाई स्थानिय सरकारमा प्रनिधित्वबाट बञ्चित गर्ने मनसायले संबिधान संशोधन सहितको पार्टीले उठाएको मुद्धा संबोधन बिनै चुनाब गारएको आरोप लगाउनुभयो ।
अध्यक्ष यादबले चुनाबलाई समेत सर्घषकै रुपमा लिएको बताउनुभयो । उहाँले स्थानिय तहको चुनाबलाई उपयोग गरी जनताको अधिकार स्थापीत गर्ने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादब, केन्द्रिय उपाध्यक्ष एबम तराई मधेश प्रदेशका संयोजक रेणु यादब र केन्द्रिय उपाध्यक्ष हेमराज राईले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा केन्द्रिय सल्लाहकार सुमन चौधरी, केन्द्रिय सदस्य एबं राजनीतिक समिती सदस्य शैलेन्द्र साह, केन्द्रिय सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध सिंह यादब, केन्द्रिय सदस्य एबम सह ईन्चार्ज बिनोद चौधरी, केन्द्रिय सदस्यहरु जगदेब यादब, उमेश यादब, सुर्यनाथ यादब, चित्त नारायण यादब, अशोक यादब, दिपक यादब, लगायतको उपस्थिी रहेको थियो । यसैगरी नेता महेन्द्र प्रसाद चौधरी, जिल्ला निर्बाचन डेक्स सप्तरीका संयोजक उपेन्द्र प्रसाद साह, तराई मधेश प्रदेश समितीका सदस्यहरु यूसुफ अलि, राधेश्याम पंडीत लगायतका जिल्ला स्तरीय नेताहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्देश्य बारे तराई मधेश प्रदेशका मुख्य सचिब शम्भु झाले प्रकाश पार्नुभएको थियो । संघीय समाजवादी फोरम नेपाल सप्तरीद्वारा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा राजबिराज नगरपालिका, बोदेबर्साईन नगरपालिका, हनुमाननगर कंकालिनीमाई नगरपालिका, माहादेबा गाउँपालिका,बेल्हीचपेना गाउँपालिका, कोईलाडी तिलाठी गाउँपालिका ईटहरी बिष्णुपुर गाउँपालिका र छिन्नामस्ता गाउँपालिकाका गरी आठ स्थानी तहका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ